कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा रु. ४० लाख ४६ हजार खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म कम्पनी रु. ९१ लाख ५४ हजार घाटामा रहेको थियो । यस वर्ष कम्पनीले नाफामा सुधार गरेको हो ।
गत वर्ष रु. १२ करोड १७ लाखभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रु. १२ करोड १६ लाखभन्दा बढी यो आम्दानी गरेको छ । विद्युत् विक्री आम्दानी घटे पनि अन्य स्रोेतबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढेको हो ।
अघिल्लो वर्ष अन्य स्रोतबाट कुनै पनि आम्दानी नगरेको कम्पनीले यस वर्ष रु. ९ लाख २५ हजारभन्दा बढी यो शीर्षकमा आम्दानी गरेको हो । हाल रु. ८० करोड चुक्ता पुँजी रहेको यो कम्पनीको जगेडा कोष रकम भने रु. २५ करोड ५७ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रु. २ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ
रु. ६३ दशमलव शून्य ३ रहेको छ । पछिल्लो कारोबार दिन कम्पनीको अन्तिम शेयर मूल्य रु. १५५ रहेको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको हालको प्रवृत्तिमा निरन्तर हुने संकेत गर्छ । आरएसआई न्युट्रलजोन ५६ दशमलव ४२ बिन्दुमा छ ।
यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३ दशमलव ००६ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
बिहीबारको शेयर मूल्य रु. १५५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १४९ मा टेवा पाउनेर महँगिए रु. १६५ मा प्रतिरोध पाउने देखिन्छ ।