ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामना सेवा विकास बैंक : कम्पनी विश्लेषण (सोमवार, २६ माघ २०७७)

२०७८ बैशाख, २  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

यस बैंकले गत पुस मसान्तसम्म रु. ३ करोड ९० लाख खुद नाफा गरेको छ । गत वर्षको सञ्चित मुनाफाबाट ४ दशमलव ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २३ प्रतिशत नगद लाभांश दिएको बैंकको जगेडा कोष रकम रु. ४९ करोड ५३ लाख १८ हजार छ ।

रु. २ अर्ब ५४ करोड १ लाख ९५ हजारको आधारमा ४ दशमलव ४ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको बोनसपछि चुक्ता पुँजी रु. २ अर्ब ५५ करोड १२ लाख ३ हजार पुगेको छ । बैंकले गत माघ २२ देखि फागुन ६ गतेसम्म ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको रु. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्री गरेको छ । बैंकको पछिल्लो कारोबार दिन चैत ३१ गते अन्तिम शेयर मूल्य रु. ३५२ कायम भएको छ । उक्त दिन बैंकको शेयर मूल्य प्रतिकित्ता रु. १२ ले बढेको हो ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको हालको प्रवृत्तिमा निरन्तर हुने संकेत गर्छ । आरएसआई ओभरबौज्टजोन ७३ दशमलव४४ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ५ दशमलव ३८ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । मंगलबारको शेयर मूल्य रु. ३५२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३३४ मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको शेयर मूल्य ६० दिनयताकै उच्च रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)