कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको मंगलवार तुलनामा ६ रुपैयाले वृद्धि भएको छ ।शेयर मूल्यप्रतिकित्ता रू. ६५४ पुगेको हो।यस दिनकम्पनीको ५ हजार ४९७ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीले पूँजी वृद्धिका लागि १ः१.५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक नेपालधितोपत्रबोर्डमा निवेदन दिएको छ । हकप्रद शेयर निष्कासनमा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । बोर्डबाट स्वीकृती पाएपछि ३० लाखकित्ताहकप्रद शेयर निष्कासनगर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ४१ करोड रहेको छ । हकप्रद शेयर निष्कासन पछि पूँजी रू. ७१ करोडपुग्नेछ ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिमदिन मासेतो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तिले बजारमाकम्पनीको हालको प्रवृतिमा रिभर्सलको संकेत गर्छ । आरएसआई न्युट्रलजोन ५४ दशमलव ९५ विन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव शून्य ५ विन्दुमा छ । उतारचढावन्यूनरहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कमहुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा नजिक छन् । हालको मूल्यरेखार २६ दिने औसतमूल्य रेखा एकै विन्दुमाछ ।
मंगलवारको शेयरमूल्य रू. ६५४देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ५९८मा टेवापाउनेर महँगिएमा रू. ७१९ माप्रतिरोध पाउने देखिन्छ ।