ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माटो खन्दा सीमकोट विमानस्थल जोखिममा

२०७८ बैशाख, ९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सीमकोट ।  घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एक मात्र सीमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खाडल बनाएपछि जोखिम बढ्दै गएको हो ।     

निर्माणाधीन खेल मैदानको माटो लुकीछिपी खनेर सीमकोटका गाउँ र बजार क्षेत्रका बासिन्दाले लैजाने क्रम बढेपछि विमानस्थलको जोखिम बढ्दै गएको सीमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब निरीक्षकसँग माटो खन्ने कामलाई बन्द गर्न लगाउने र भेटे कारबाही गर्नेबारे कुरा भए पनि उनीहरु सरुवा भएपछि माटो खन्ने काम नरोकिएको लामाको भनाइ छ ।

विमानस्थल सुरक्षाको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताएका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले माटो झिक्ने काम तत्काल रोक्नुपर्ने जानकारी दिए ।

‘झट्ट हेर्दा सामान्यजस्तो लागे पनि विमानस्थल जोखिममा पार्ने देखिएकाले हामीले तत्काल उक्त काम रोक्न लगाउनुपर्छ’, प्रजिअ आचार्यले भने, ‘तत्काल सीमकोट गाउँपालिका, सीमकोट विमानस्थल र प्रहरीको संयुक्त बैठक बसेर हामीले माटो झिक्ने काम रोक्न लगाउँछौं ।’

सीमकोट खेल मैदानको माथितिरको भागको माटो खनेपछि अहिले निकै ठूला भ्वाङ पारिएको छ । वर्षायाममा सीमकोट बजार क्षेत्रको सबै पानी विमानस्थल हुँदै बगेर सिम क्षेत्रतर्फ जाने भएकाले पनि माटो झिकेका भ्वाङ भत्किने र त्यसले गर्दा माथिको विमानस्थल उच्च जोखिममा रहेको हो । रासस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)