ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दैलेखको दुल्लुलाई स्मार्ट सिटी बनाइने  

२०७८ बैशाख, १२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक चित्र
author avatar अभियान संवाददाता

वैशाख १२, सुर्खेत । सरकारले कर्णाली प्रदेशमा दैलेखको दुल्लुलाई स्मार्ट सिटी बनाउने भएको छ ।

संघीय मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको  बैठकले तत्काल वातावरण मूल्यांकनसहित खरीद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

 सरकारले बजेट सुनिश्चितता गर्दै दैलेखको दुल्लुसहित देशका १२ ओटा स्थानलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको छ । दैलेखको दुल्लु, दाङको तुलसीपुर, कञ्चनपुरको भीमदत्त र डडेलधुराको अमरगढी, स्याङ्जाको वालिङ र रुपन्देहीको लुम्बिनीलाई स्मार्ट सिटी बनाउने निर्णय गरेको हो ।

 झापाको गौरीगन्ज, रौतहटको चन्द्रपुर एवं मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुन्डु–बालकोट क्षेत्र र धनकुटालाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको भवन निर्माण विभागमा महानिर्देशक नवराज प्याकुरेलले जानकारी दिए ।

वातावरण मूल्यांकनसहित खरीद प्रक्रिया अघि बढाउने गरी मन्त्रालयलाई निर्देशनसमेत आइसकेको सहरी विकास मन्त्रालयले बताएको छ । 

मन्त्रालयका अनुसार ती सहर विकासका लागि बजेट सुनिश्चिततासहितको निर्णय भएको छ । सकारले प्रत्येक सहरका विकासका लागि १/ १ अर्ब रुपैयाँका दरले १२ अर्ब रुपैयाँ विनियोजन गर्ने निर्णय गरेरको छ । तर यसअघिको सरकारले विसं २०७४ असार २८ मा गरेका निर्णयमा विशेष महत्वसाथ स्मार्ट सिटी बनाउने केही सहरलाई यस पटकको निर्णयमा हटाएको छ ।

सन् २०५० सम्ममा विश्वका ६० प्रतिशतभन्दा बढी जनसंख्या सहरी क्षेत्रमा बस्ने अनुमान छ । त्यसका लागि सुरक्षित खाना, सफा पानी यातायात, र पर्याप्त ऊर्जा सहरका मुख्य समस्या हुनेछन् ।

सहरलाई सामाजिक, वातावरणीय र आर्थिकरुपले चलायमान बनाउन निकै कठिन हुनेछ । त्यसकारण सहरलाई अहिल्यैदेखि स्मार्ट बनाउन थालिएन भने पछि विकराल समस्या आउने सहरी विज्ञहरुको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)