ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जाजरकोट र रुकुम पश्चिममा केन्द्रीय विद्युत्को पहुँच

२०७८ बैशाख, २७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जाजरकोट । केन्द्रीय विद्युत्को प्रसारण लाइन पुगेपछि जाजरकोट र रुकुम पश्चिमका गाउँमा सल्लीको दियालो विस्थापित हुँदै गएको छ । जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाका अधिकांश वडामा ३३ केभी प्रसारण लाइनको विद्युत् पुगेसँगै गाउँले खुसी भएका छन् ।     

त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदीमा सल्लीको दियालोबाट उज्यालो गर्ने दिन हटेको छ । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमको दुर्गम खदीगाउँमा केन्द्रीय लाइन विस्तार गरेपछि खदीवासीले दियालोबाट मुक्ति पाएका हुन् । नगरपालिकाका १४ वडामध्ये ३ नम्बर  वडाको खदीमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो । पुस्तौंदेखि नै सल्लाको दियालो प्रयोग गर्ने स्थानीय बिजुली पाउँदा खुसी भएका छन् ।  
   
अहिलेसम्म खदीका ६० घरमा मिटरबक्स जडान गरी बिजुली बालिएको छ । दुई सय ५७ घरमा विद्युत् पुर्‍याउने गरी केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको वडाध्यक्ष केशरमान विकले बताए ।  गत पुस २५ गते खदीको ट्रान्सफर्मरमा बिजुली बलेको थियो । प्राधिकरणको लाइन विस्तार परियोजनाअन्तर्गत जिल्लाका अन्य ठाउँमा पनि विद्युत् विस्तार तीव्र पारिएको छ । हाइड्रो इनर्जी÷महाशक्ति जेभीले जिल्लामा विद्युत् विस्तारको काम गरिरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि हरि चन्दका अनुसार १९ करोड ३७ लाख लागतमा विद्युत् विस्तारको काम भइरहेको छ । जिल्लामा प्राधिकरणका झन्डै १२ हजार उपभोक्ता छन् ।     
रुकुम पश्चिममा सल्यान र जाजरकोटका सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएको छ । सल्यानको शीतलपाटी र जाजरकोटको कुदु सबस्टेसनबाट विद्युत् आपूर्ति थालिएको हो । यसअघि सल्यानको शीतलपाटीबाट मात्र विद्युत् आपूर्ति भइरहेको थियो । कुदु सबस्टेसनबाट चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा विद्युत् आपूर्ति सुरु गरिएको रुकुम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताए ।     

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ धैरेनीचौरमा पनि विद्युत् सबस्टेसन बन्दै छ । यसै महिनाभित्र उक्त सबस्टेसनबाट पनि विद्युत् आपूर्ति थालिने भट्टराईले जानकारी दिए । उनका अनुसार धैरेनीचौरमा ३३ केभी क्षमताको विद्युत् आपूर्ति हुने गरी निर्माणको काम अन्तिम चरणमा पुगेको हो । कुदु सबस्टेसनको विद्युत्लाई जिल्लाका झन्डै १२ हजार ग्राहकसँग लिंक गरिएको छ ।

त्यस्तै, जाजरकोटको भेरी नगरपालिका, पश्चिम छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाका अधिकांश ठाउँमा विद्युत् सेवा सुरु गरेको बताएको छ । केही महिनाभित्र नलगाड नगरपालिकामा समेत विद्युत् सञ्चालन गरिनेछ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)