ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेत प्रशासनद्वारा बजार अनुगमन

२०७८ जेठ, ४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सुर्खेत (अस) । दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेपछि सुर्खेत प्रशासनले बजार अनुगमन तीव्र पारेको छ । जिल्लामा १६ वैशाखदेखि जारी निषेधाज्ञाको फाइदा उठाउँदै व्यापारीले आफूखुसी मूल्यवृद्धि गरेको गुनासो आएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाइमा मेडिकल, खाद्यान्न, तरकारी, सब्जीमण्डीलगायत पसलको अनुगमन गरिएको छ । निषेधाज्ञाका बेला बजारमा कालोबजारी हुने, कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पारिने हुँदा अनुगमनलाई तीव्रता दिइएको सहायक प्रजिअ महतले बताए ।

वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारीमण्डीको अनुगमन गरिएको उनले जानकारी दिए । ‘अनुगमनका क्रममा विशेषगरी तेल, पिठोलगायत वस्तुमा मूल्यवृद्धि भएको पाइयो,’ उनले भने, ‘दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिबारे उत्पादक कम्पनीमाथि नै छानबिनका लागि वाणिज्य विभागलाई पत्र पठाइसकेका छौँ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)