आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. १८ करोड ८५ लाख ४२ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा नाफा चालू आवको सोही अवधिमा ७५ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रु. १० करोड ७३ लाख ५३ हजार नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानीमा ६९ प्रतिशतले वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको हो । कम्पनीको वैशाख १२ गते सम्पन्न वार्षिक साधारणसभाले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
उक्त साभाले बोनस शेयर वितरणपछि कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएर सेबोनमा निवेदन दिएर स्वीकृति पाएपछि हकप्रद शेयर निष्कासन गर्नेछ । बुधवार कम्पनीको शेयर मूल्य रु. १ हजार ३४५ पुगेको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घट्ने सक्ने संकेत गर्छ ।
आरएसआई न्युट्रल जोन ६८ दशमलव ६० बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७७ दशमलव ६८ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा काटिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयर मूल्य रु. १ हजार ३४५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ३१३ मा टेवा पाउने र महँगिए रु. १ हजार ३७० मा प्रतिरोध पाउने देखिन्छ ।