कम्पनीको हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढेको छ । हकप्रद शेयर निष्कासन गर्न इक्रा नेपालमा रेटिङ गराएको हो । इक्रा नेपालले इक्राएपीआर ए रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा आफ्नो दायित्व पूरा गर्न सक्ने जनाउँछ ।
कम्पनीले क्रेडिट रिस्क कम रहेको उल्लेख गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । साथै, उक्त हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय बीमा समितिबाट पनि स्वीकृति पाएको जानकारी गराएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ७५ करोड रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्कासनपछि पुँजी रु. २ अर्ब २८ करोड पुग्नेछ । बुधवार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५१ रुपैयाँले कमी आएको हो ।
शेयर मूल्य प्रतिकित्ता २ हजार १४८ कायम भएको छ । केही दिन अगाडि कम्पनीले हकप्रद शेयर निष्कासन गर्न बीमा समितिबाट स्वीकृति पाएको खबरले शेयर मूल्यमा वृद्धि भएको थियो । पुनः लगानीकर्ताले प्रोफिट गर्न लागेसँगै शेयर मूल्य घट्न पुगेको हो ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घटेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६४ दशमलव ११ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १०१ दशमलव १२ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयर मूल्य रु. २ हजार १४८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ९४० मा टेवा पाउने र महँगिए रु. २ हजार २२० मा प्रतिरोध पाउने देखिन्छ ।