ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (शुक्रवार, ७ जेठ २०७८)

२०७८ जेठ, ७  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले आव ०७६/७७ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी जेठ १० गते साधारणसभा बोलाएको छ । सभा बिहान दिउँसो २ बजे कम्पनीको प्रधान कार्यालयमा आयोजना गरिने कम्पनीले बताएको छ ।

कम्पनीको लाभांश वैशाख २८ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. १३ करोड ३३ लाख नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. १४ करोड ८२ लाख ८७ हजार पुगेको हो ।

चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. ७८ करोड ६१ लाख ६६ हजार बीमाशुल्क आर्जन गरेको हो ।

बीमाशुल्क गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले रु. ७४ करोड १३ लाख ५७ हजार बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रु. १८ दशमलव ०४ रहेको छ । बिहीबार कम्पनीको शेयर मूल्य रु. ७३८ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभस्टोन डोजी बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको हालको प्रवृत्ति उल्टिने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव ६८ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७ दशमलव ७३ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ ।

यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।

बिहीबारको शेयर मूल्य रु. ७३८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७२३ मा टेवा पाउनेर महँगिए रु. ७५९ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)