ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेश सरकारले हवाई उद्दारका लागि निकासा गर्‍यो पौने १४ करोड  

२०७८ जेठ, ८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जेठ ८, सुर्खेत । कर्णाली प्रदेश सरकारले बिरामीको हवाइ उद्दार, अक्सिजन र  कोरोनाको उपचारमा प्रयोग हुने औषधिका लागि १३ करोड ८० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । 

हालै बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयमार्फत उक्त कामको जिम्मेवारी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलाई दिएको हो ।

सरकारले अक्सिजन सिलिन्डर खरीद तथा व्यवस्थापनको लागि ६ करोड ३५ लाख रुपैयाँ, अक्सिजन कन्सन्ट्रेटरको लागि ५ करोड ४५ लाख रुपैयाँ, रेम्डेसिभिरलगायत औषधि खरीदका लागि १ करोड रुपैयाँ र कोभिड बिरामीको हवाई उद्दारको लागि १ करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

यसका साथै कर्णाली प्रदेशको लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति क्षमता स्तरको अक्सिजन प्लान्ट सुर्खेतमा स्थापना तथा सञ्चालन गर्नेसमेत निर्णय गरिएको छ । 

कोरोना प्रतिकार्यको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले कर्णाली प्रदेश सरकारअन्तर्गत स्वीकृत बजेट शीर्षकबाट समर्पण गराइ वा अन्य जुनसुकै बजेट शीर्षकबाट बजेटको स्रोत व्यवस्थापन गर्नेसमेत भनिएको छ ।

 स्वास्थ्य सेवा निर्देशक डा रविन खड्काले प्रदेश सरकारको निर्देशन र निर्णयअनुसार सार्वजनिक खरीद ऐनको दफा ६६ र सार्वजनिक खरिद नियमावलीको नियम १४५ को प्रक्रियाअनुसार एक हप्ताभित्रै तोकिएको जिम्मेवारी पूरा गर्ने गरी काम थालिएको बताए । 

उक्त दफा र नियममा विशेष परिस्थितिमा छोटो प्रक्रियाबाट खरिद कार्य गर्न सकिने उल्लेख छ । कर्णाली प्रदेश सरकारले यसअघि नै गरिब तथा विपन्न समुदायका कोरोना संक्रमितको लागि रेम्डेसिभिर औषधि निःशुल्क उपलब्ध गराउने र हवाई उद्दारसमेत निःशुल्क गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनको लागि बजेट व्यवस्था गरिएको निर्देशक खड्काले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)