ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनाइटेड इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ९ जेठ २०७८)

२०७८ जेठ, ९  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ५ करोड २७ लाख नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा नाफा चालू आवको सोही अवधिमा ३३५ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. १ करोड २१ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।  गत आवमा कम्पनीले रु. ३ करोड २२ लाख आम्दानी गरेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ९ करोड ८२ लाख पुगेको हो । केही दिन अगाडि संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ९ लाख २५ हजार ३४३ दशमलव ९१ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

अब कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) रहेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ । बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ७३४ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६० दशमलव ७४ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १३ दशमलव ६१ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ७३४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७०८ मा टेवा पाउने र महँगिए रु. ७५९ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)