ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अजोड इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ९ जेठ २०७८)

२०७८ जेठ, ९  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु. ६ करोड ११ लाखखुदनाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले ७४ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यो अवधिसम्म कम्पनीले रु. ३ करोड ५१ लाखखुदनाफा गरेको थियो ।

यसै वर्ष सर्वसाधारणमा रु. ३० करोड बराबरको आईपीओ जारी गरी चुक्ता पुँजी रु. १ अर्ब पु¥याएको कम्पनीको जगेडा कोष रकम रु. ७ करोड ५५ लाख रहेको छ । कम्पनीको बीमा कोष रकम पनि रु. ९ करोड २९ लाख कायम भएको छ ।

कम्पनीले ६८ दशमलव ९० प्रतिशत बढी यो वर्ष रु. १ अर्ब २ करोड ४१ लख कुल बीमाशुल्क आर्जन गरेकामा २०१ प्रतिशतभन्दा बढी रु. ५० करोड २९ लाख कुल दाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रु. ८ दशमलव १५ र प्रतिशेयर नेटवर्थ रु. ११७ दशमलव ६८ रहेको छ । बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ११ ले घटेर अन्तिममा रु. ८६२ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य ओरालो लागेको संकेत गर्छ ।

आरएसआई न्युट्रल जोन ५४ दशमलव शून्य ५ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १०दशमलव ८५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ ।

यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकै बिन्दुमा छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ८७३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ८३४ मा टेवा पाउने र महँगिए रु. ८९२ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)