ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, ९ जेठ २०७८)

२०७८ जेठ, ९  
कम्पनी विश्लेषण लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी जेठ २८ गते साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि शेयरधनीदर्ता पुस्तिका जेठ १४ गते बन्द गर्ने भएको छ । जेठ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब १४ करोड १८ लाख रहेको छ । ५ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. १ अर्ब १९ करोड ८८ लाख पुग्नेछ । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. १३ करोड ७७ लाख नाफा कमाएको छ ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. १२ करोड ४ लाख नाफा कमाएको थियो । त्यसैगरी चालू आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १६ दशमलव ०८ रहेको छ । बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ८२७ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर बुलिसमा रिभर्सलको संकेत गर्छ ।

आरएसआई न्युट्रल जोन ५८ दशमलव ४७ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४ दशमलव ८७ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ८२७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ८१२ मा टेवा पाउने र महँगिए रु. ८३५ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)