ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, ९ जेठ २०७८)

२०७८ जेठ, ९  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले जेठ ११ गतेका लागि तय गरेको तेस्रो वार्षिक साधारणसभा स्थगित भएको छ । यसै वर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको यस कम्पनीले सर्वसाधारण शेयरधनीका तर्फबाट दुई जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम तय गर्दै सभा आह्वान गरेको थियो ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु. ४६ करोड ४६ लाख २८ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । यस वर्ष रु. १५ करोड २६ लाख ६८ हजार कुल दाबी भुक्तानी गरेको गरेको कम्पनीले गत वर्षभन्दा शतप्रतिशत बढी खुद नाफा गरेको छ ।

गत वर्ष रु. २ करोड ८९ लाख ४७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रु. ५ करोड ८१ लख ७० हजार यो नाफा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब रहेको छ भने जगेडा कोष रकम रु. ७ करोड ५९ लाख ५५ हजार कायमभएको छ । प्रतिशेयर आम्दानी रु. ७ दशमलव ८० रहेको कम्पनीको शेयर मूल्य बिहीबार प्रतिकित्ता रु. १५ ले घटेर अन्तिम मूल्य रु. ७९० कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर बुलिसमा रिभर्सलको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५३ दशमलव ९७ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ६ दशमलव ८८ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखाले १४ दिने औसत मूल्यरेखालाई छोएको छ । बिहीबारको शेयर मूल्य रु. ७९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७४५ मा टेवा पाउने र महँगिए रु. ८१२ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)