कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक साधारणसभा गर्न बाँकी रहेको छ । अघिल्लो आर्थिक वर्ष १० प्रतिशत बोनस शेयर दिएको कम्पनीको चुक्ता पुँजी रु. २ अर्ब २१ करोड १० लाख पुगेको छ ।
कम्पनीको जगेडा कोष रकम पनि गत वर्ष रु. ५० करोड ६१ लाख ४६ हजार रहेकामा यस वर्ष रु. ६१ करोड १४ लाख १९ हजार पुगेको छ । गत वर्ष तेस्रो त्रैमाससम्म रु. १० करोड ७ लाख ६० हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रु. १५ करोड ३७ लाख ७ हजार नाफा गरेको छ ।
कम्पनीले यस वर्ष रु. १३ अर्ब ६६ करोड ८७ लाख ६० हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने रु. ६ अर्ब १६ करोड ६४ लाख ३८ हजार कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको जीवन बीमा कोष रकम रु. ७७ अर्ब ५४ करोड २८ लाख ९६ हजार छ ।
प्रतिशेयर आम्दानी रु. ६ दशमलव ९५ रहेको कम्पनीको पछिल्लो कारोबार दिन अन्तिम मूल्य रु. २ हजार ३९९ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५९ दशमलव ४२ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १५ दशमलव ७८ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
मंगलबारको शेयर मूल्य रु. २ हजार ३९९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २ हजार ३५३ मा टेवा पाउने र महँगिए रु. २ हजार ४१७ मा प्रतिरोध पाउने देखिन्छ ।