ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, १३ जेठ २०७८)

२०७८ जेठ, १३  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले जेठ २८ गते साधारणसभा गर्ने भएको छ । सभा बिहान ११ बजे सिद्धार्थ इन्स्योरेन्सको भवन बबरमहलमा भर्चुअल माध्यमबाट हुने जानकारी गराएको हो ।

साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका जेठ १४ गतेदेखि २८ गतेसम्म बन्द रहनेछ । जेठ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. १७ करोड नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ६ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. १६ करोड ३ लाख नाफा कमाएको थियो । हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब रहेको छ । १२ प्रतिशतबोनस शेयर वितरणपछि पुँजी रु. १ अर्ब १२ करोड पुग्नेछ । मंगलबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ३५६ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा डोजी बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घट्ने वा बढ्नेमा अन्योल रहेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७२ दशमलव शून्य ५ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २९ दशमलव २३ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । मंगलबारको शेयर मूल्य रु. १ हजार ३५६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार २८३ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)