कम्पनी शेयर मूल्य अघिल्लो कारोबार दिन सोमबारको तुलनामा मंगलबार १८ रुपैयाँले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. २ हजार १२५ मा पुगेको हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ५० करोड ६६ लाख नाफा कमाएको छ ।
गत आवको तेस्रो त्रैमासको तुलनामा नाफा ८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. ४६ करोड ७५ लाख नाफा कमाएको थियो । चुक्ता पुँजी रु. ७ अर्ब १९ करोड ९९ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. १ अर्ब १२ करोड ३४ लाख र जीवन बीमा कोषमा रु. १ खर्ब ७ अर्ब ६१ करोडभन्दा बढी सञ्चित गरेको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी रु. ९ दशमलव ३८र प्रतिशेयर नेटवर्थ रु. १२३ दशमलव ९ रहेको छ । कम्पनीले आव ०७५/७६ को मुनाफाबाट शेयरधनीलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिएको हो । कम्पनीले आव ०७६/७७ को लाभांश भने हालसम्म प्रस्ताव गरेको छैन ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टपबनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घट्ने वा बढ्नेमा अनिश्चित रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५६ दशमलव शून्य ४ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ११ दशमलव९९ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
मंगलबारको शेयर मूल्य रु. २ हजार १२५देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २ हजार १०७ मा टेवा पाउनेर महँगिए रु. २ हजार १४५ मा प्रतिरोध पाउने देखिन्छ ।
Asma k faida hunxa hamili Bima Garda Kati barsama Kati firata painxa