ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय बीमा कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, १३ जेठ २०७८)

२०७८ जेठ, १३  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

राष्ट्रिय बीमा कम्पनीले हालसम्म पनि तोकेबमोजिमको चुक्ता पुँजी कायम गर्न सकेको छैन । हाल कम्पनीको चुक्ता पुँजी रु. २६ करोड ६६ लाख ३९ हजार रहेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रु. ३ अर्ब १० करोड ३३ लाख ५३ हजार रहेको छ । कम्पनीले यस अवधिसम्म रु. २७ करोड १२ हजार खुद नाफा गरेको छ ।

रु. १ अर्ब ३७ करोड ६३ लाख ३७ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले रु. १४ करोड ७४ लाख २९ हजार कुल दाबी भुक्तानी गरेको छ । २०७१ साल वैशाख २३ गतेको निर्णयबमोजिम राष्ट्रिय बीमा संस्थानसँग अलग भएर निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीको बीमा कोष रकम रु. २ अर्ब ३८ करोड ५० लाख २२ हजार छ ।

वार्षिक प्रतिशेयर आम्दानी रु. १३५ दशमलव शून्य २ रहेको कम्पनीको पछिल्लो कारोबार दिन अन्तिम शेयर मूल्य रु. २१ हजार ४९९ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ४९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको लामो सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७५ दशमलव शून्य ६ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७४६ दशमलव ८० बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम बढी हुन्छ भने प्रतिफल पनि बढी प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

मंगलबारको शेयर मूल्य रु. २१ हजार ४९९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २० हजार ३५०मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ४९ कारोबार दिनयताकै उच्च रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)