बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. ४२ करोड ३७ लाख ९४ हजार नाफा कमाएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. ४३ करोड ७६ लाख २३ हजार नाफा कमाएको थियो । गत आवको तुलनामा कम्पनीको नाफामा ३ प्रतिशतले कमी आएको हो ।
चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रु. ३३ करोड १९ लाख ९२ हजार रहेको छ । कम्पनीले एनएफआरएस प्रणालीअनुसार आर्जन गरेको मुनाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही मुनाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ ।
नाफामा कमी आएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. २१ दशमलव ४८ रहेकामा चालू आवमा रु. १९ दशमलव ४४ मा झरेको हो ।
सोमवार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३ सय ९८ पुगेको हो । कम्पनीको सर्वाधिक रु. ३९ करोड ४१ लाख ३२ हजार बराबरको शेयर खरिद विक्री भएको हो ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको प्रवृत्ति अन्योलमा रहेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ८० दशमलव शून्य ३ बिन्दुमा छ ।
यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २६ दशमलव ९० बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
सोमवारको शेयर मूल्य रु. ४०० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३२९ मा टेवा पाउने देखिन्छ । कम्पनीको सो दिनको मूल्य ५९ कारोबार दिनयताकै उच्च रहेको छ ।