बैंकको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १७२ प्रतिशत अर्थात् २ दशमलव ७ गुणाले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. २१ करोड ५४ लाख ९० हजार खुद नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ५८ करोड ६१ लाख पुगेको छ ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २५ प्रतिशत र सञ्चालन नाफा ९५ प्रतिशतले वृद्धि भएको छ ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा भने रु. ३८ करोड ८८ लाख ९७ हजार रहेको छ । सो अवधिमा कम्पनीले ३९ अर्ब २४ करोड ७२ लाख ११ हजार निक्षेप संकलन गरेको छ भने ३६ अर्ब ५५ करोड ६६ लाख ६२ हजार कर्जा लगानी गरेको हो ।
कम्पनीको चुक्ता पुँजी रु. २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रहेको छ । जगेडा कोषमा रु. ७७ करोड ६८ लाख ५३ हजार र रिटेन्ड अर्निङमा रु. ३९ करोड ९२ लाखभन्दा बढी रिजर्भ गरेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।
गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रु. ११ दशमलव ३१ रहेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. २९ दशमलव ४७ पुगेको छ । सोमवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु.४४६ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो क्लोजिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सलको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७३ दशमलव २१ बिन्दुमा छ ।
यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १९ दशमलव ७२ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयर मूल्य रु. ४४६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४१० मा टेवा पाउने र महँगिए रु. ४६४ मा प्रतिरोध पाउने देखिन्छ ।