ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रिलायन्स फाइनान्स लिमिटेड : कम्पनी विश्लेषण (मंगलवार, १८ जेठ २०७८)

२०७८ जेठ, १८  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार ५ रुपैयाँले वृद्धि भएको छ । सो कारोबार दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ३७० पुगेको हो ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ८ करोड ६८ लाख नाफा कमाएको छ । नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ३७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. ६ करोड ३२ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रु. १० करोड ७९ लाख रहेको छ ।

एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । कम्पनीले गत वर्षको मुनाफाबाट यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको वैशाख २२ गते सम्पन्न वार्षिक साधारणसभाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा सुटिङ स्टार बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७७ दशमलव ७७ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २० दशमलव २० बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयर मूल्य रु. ३७० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३२५ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)