कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ४ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३४९ पुगेको हो ।
कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. ४ करोड ४ लाख २ हजार नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ५ करोड २७ लाख ६५ हजार पुगेको हो ।
त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म विद्युत् विक्रीबाट रु. २२ करोड ६३ लाख ५१ हजार आम्दानी गरेको हो । यो आम्दानी गत आवको तुलनामा चालू आवको सोही अवधिमाा ३ प्रतिशतले कमी आएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. २३ करोड ५२ लाख २१ हजार विद्युत् विक्रीबापत आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब १५ करोड रहेको छ भने जगेडा कोषमा रु. ६ करोड ५७ लाख ८७ हजार सञ्चित गरेको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्यमा रिभर्सलको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७३ दशमलव ५८ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८ दशमलव ७४ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयर मूल्य रु. ३४९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २८४ मा टेवा पाउने देखिन्छ ।