माघ २३, नयाँदिल्ली । ३० कार्य दिनपछि रोजगारदाताले आफ्ना कर्मचारीलाई तलव भुक्तानी दिएको त, तपाईं हामीलाई थाहै छ ।
अझ बहुराष्ट्रिय कम्पनीहरुले १५ / १५ दिनमा तलव भुक्तानी गर्छन् भन्ने पनि सुनेको नै छौं । तर समय र प्रविधिमा आएको बद्लावसँगै अव कतिपय कम्पनीहरुले साप्ताहिक रुपमा कर्मचारीलाई तलव भुक्तानी गर्ने योजना बनाइरहेका छन् ।
यो सुन्दा पक्कै पनि समग्र कर्मचारी खुसी हुनु, उत्साहित हुनु स्वभाविक पनि हो । भारतमा पहिलो पटक एउटा कम्पनीले आफ्ना कर्मचारीलाई साप्ताहिक रुपमा तलव भुक्तानी गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । हुन पनि हो, अहिले भारतमा साप्ताहिक रुपमा तलव भुक्तानी गर्ने प्रचलन शुरु भएको छ।
भारतमा ई - कमर्स कम्पनीको रुपमा रहेको इन्डिया मार्टले आफ्ना कर्मचारीको लागि हरेक सप्ताह तलव दिने घोषणा गरिसकेको छ । साप्ताहिक भुक्तानी कार्ययोजना अन्तर्गत कम्पनीले यो पहिलो पटक घोषणा गरेको हो । यसको अर्थ कर्मचारीले तलव पाउनको लागि एक महीना लामो प्रतिक्षा गर्नुपर्दैन, पर्नेछैन ।
कम्पनीले आफ्नो एउटा बयानमा भनेको छ - यो योजना कार्यान्वयनपछि कर्मचारीमा आर्थिक बोझ कम हुने छ भने कर्मचारीको कार्यक्षमतामा वृद्धि हुनेछ ।
कम्पनीले आफ्नो फेसबुक पोस्टमा एउटा फ्लेक्सिबल वर्क कल्चर बनाउने अभियान अन्तर्गत कर्मचारीको वित्तीय हित सुनिश्चित गर्ने उद्धेष्य रहेको भन्दै कम्पनी साप्ताहिक रुपमा तलव भुक्तानी अपनाउने पहिलो भारतीय कम्पनी बनेको छ भनिएको छ ।
यो कम्पनीले भारतमा बीटूबी र ग्राहकलाई यसको वेब पोर्टलमार्फत ग्राहक विक्री सेवाहरू प्रदान गर्दछ। यो कम्पनी सन् १९९६ मा भारतमा स्थापना भएको थियो ।यसको सञ्चालकमा दाजुभाईहरु दिनेश अग्रवाल र बृजेश अग्रवाल रहेका छन् । एजेन्सी