ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धौबादी फलाम खानी : विस्तृत सम्भाव्यता अध्ययन गर्न ६ अन्तरराष्ट्रिय कम्पनी छनोट

२०७८ चैत, १३  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । धौबादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययनका लागि ६ ओटा अन्तरराष्ट्रिय कम्पनी छनोटमा परेका छन् ।

पूर्वी नवलपरासीको हुप्सेकोटस्थित फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन गर्न भारत, चीन, बेलायत, क्यानडा र अष्ट्रियाका गरी ६ ओटा कम्पनीहरू छनोटमा परेका हुन् ।

अध्ययनका लागि आवेदन दिएका सबै कम्पनी छनोटमा परेको धौबादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.जनकबहादुर चन्दले जानकारी दिए ।

कम्पनीका अनुसार चीनका २ कम्पनी क्यापिटल इन्जिनियरिङ एण्ड रिसर्च इन्कर्पोरेशन लिमिटेड र चाइना इन एसोसिएशन विथ डेभलपमेन्ट सर्पाेट कन्सल्ट, क्यानडाको माइकोन इन्टरनेशनल लिमिटेड जेभी इआरएमसी, भारतको डाष्टर–एसआरके–जादे जेभी, इङ्ल्याण्डको लण्डन रोड र अष्ट्रियाको हष्र्ट विसिङ्गर कन्सल्टिङ जीएमबीएच जेभी सम्भाव्यता अध्ययनका लागि छनोटमा परेका हुन् ।

छनोटमा परेका ६ कम्पनीमध्ये एक कम्पनीले पूर्वी नवलपरासीको धौबादीमा सञ्चित रहेको फलामे ढुंगा तथा आइरन ओरबाट उत्पादन हुने फलाम तथा स्टील प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन गर्ने चन्दले जानकारी दिए । यी कम्पनीहरूसँग आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको उनले बताए । 

यीमध्येबाट छनोट हुने एक कम्पनीले सम्भाव्यता अध्ययनको प्रतिवेदन ३/४ महीनाभित्रमा बुझाउनेछ । खानीमा १० करोड मेट्रिक टन फलामको भण्डार भएको प्रारम्भिक तथ्यांक भए पनि केही समयअघि कम्पनीले विज्ञ टोलीको सहभागितामा गराएको अध्ययनले भण्डारण अझ बढी भएको पत्ता लगाएको छ ।

चन्दले उक्त खानीमा फलामको भण्डार १५ करोड मेट्रिक टन रहेको जानकारी दिए । यद्यपि खानीको ड्रिलिङ गरिएको प्रतिवेदन आएपछि यकीन तथ्य आउने उनको भनाइ छ । सम्भाव्यता अध्ययन सकिएपछि मात्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने कम्पनीले जानकारी दिएको छ । 

यसका लागि पनि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । उक्त खानीमा फलाम रहेको तथा चीनमा लगेर परिक्षण गरिएको ओर तथा कच्चा फलामे ढुंगाबाट पनि फलाम तथा बिलेट बनाउन सकिने प्राविधिक पुष्टि भइसकेको छ । 

तर, विस्तृत सम्भाव्यता अध्ययनले खानीबाट व्यावसायिक रूपमा कति फलाम निकाल्न सकिन्छ भन्ने तथ्य जानकारी हुने चन्दको भनाइ छ । चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सकिने भन्दै उनले डीपीआर प्रतिवेदन भने यो वर्ष तयार नहुने जानकारी दिए ।

नेपालमा पहिलोपटक खानीको काम हुन लागेकाले अन्तरराष्ट्रिय जनशक्तिबाट काम गरिरहेको उनले बताए । आर्थिक वर्ष   २०६७/६८ देखि अन्वेषण शुरू गरिएको धौबादी फलाम खानीबाट व्यावसायिक उत्पादनका लागि अझै समय लाग्ने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)