काठमाडौं (अस) । लस एञ्जलसमा आयोजित ९४औँ संस्करणको एकेडेमी अवार्ड अर्थात् ओस्कारमा यस वर्ष ‘कोडा’ले उत्कृष्ट फिल्मको उपाधी हात पारेको छ ।
ओस्कारमा उत्कृष्ट फिल्मको उपाधी जित्ने यो स्ट्रिमिङ सेवाले बनाएको फिल्म हो । ओस्कारमा कोडाले उत्कृष्ट फिल्म बाहेक पनि उत्कृष्ट एडप्टेड स्क्रिनप्ले र उत्कृष्ट सहायक अभिनेता गरी अन्य दुई विधामा पनि जित हात पारेको छ ।
१ करोड अमेरिकी डलरमा बनेको फिल्मले बक्स अफिसमा ११ लाख डलर मात्रै कमाएको थियो । जुन निर्माण लागतको ० दशमलव १ प्रतिशत मात्रै हो ।
फिल्म ‘ड्युन’ले ६ विधामा ओस्कर अवार्ड जितेको छ । निर्देशन विधामा ‘द पावर अफ दी डग’लेअवार्ड जितेको छ । फिल्मकी निर्देशक जेनी क्याम्पियनले उत्कृष्ट निर्देशकको उपाधि पाएकी छिन् । ओस्कारमा निर्देशकको रूपमा अवार्ड हात पार्ने उनी तेस्रो महिला हुन् ।
उत्कृष्ट अभिनेताको उपाधि भने ‘किङ रिचर्ड’का लागि विल स्मिथले पाएका छन् । जेसिका चेस्टनले ‘द आइज अफ टेमी’का लागि उत्कृष्ट अभिनेत्रीको उपाधि पाएकी छिन् । अन्तर्राष्ट्रिय फिचर विधामा जापानी फिल्म ‘ड्राइभ माई कार’ले उत्कृष्ट फिल्मको उपाधि जितेको छ ।