ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै निर्माण व्यवसायीले शुरु गरे आन्दोलन

२०७९ बैशाख, ७  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ७, काठमाडौं । निर्माण सामग्रीमा अप्रत्यासित र अत्यधिक मूल्यवृद्धि भएको भन्दै निर्माण व्यवसायीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा वैशाख ८ गते बिहान ११ बजे सार्वजनिक खरीद अनुगमन कार्यालय ताहाचलमा शान्तिपूर्ण धर्ना दिइने भएको छ ।

त्यस्तै ८ गते नै दिउँसो १ बजे बीमा समितिको कार्यालय कुपन्डोलमा धर्ना दिने महासंघले बताएको छ ।

संघले निर्माण सामग्रीमा अप्रत्यासित र अत्यधिक मूल्य वृद्धि गरिएको, सार्वजनिक खरीद ऐनको ११ औं संशोधनका त्रुटी सच्याउनुपर्ने, बीमा समितिले जारी गरेका निर्देशिका खारेज गर्नुपर्ने र निर्माण कम्पनीलाई एकमुस्ट म्याद थपसहित व्यवसायीले उठाएका अन्य समस्या समाधानका लागि महासंघले शान्तिपूर्ण आन्दोलन गर्न लागेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)