ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गोदरेज एप्लायन्सेसको ब्राण्ड एम्बेस्डरमा बलिउड स्टार आयुष्मान खुराना

२०७९ बैशाख, १५  
बजार र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं (अस) । गोदरेज एप्लायन्सेसको ब्राण्ड एम्बेस्डरमा बलिउड अभिनेता आयुष्मान खुरानालाई नियुक्त गरिएको छ । गोदरेज ग्रुपको प्रमुख कम्पनी गोदरेज एण्ड बायसले गोदरेज एप्लायन्सेसको ब्राण्ड एम्बेस्डरमा खुरानालाई नियुक्त गरेको हो ।

आफ्नो अभिनयका कारण परिचित एवं विभिन्न चलचित्र पुरस्कारसहित सम्मान पाएका खुराना अप्रिलदेखि गोदरेज ब्राण्डका विभिन्न अभियानहरूमा संलग्न हुनेछन् ।

आगामी महीनाहरूमा एप्लायन्सेसको माग बढ्ने अपेक्षा कम्पनीले गरेको छ । गोदरेज एप्लायन्सेसमा रेफ्रिजिरेटर, एयर कन्डिसनर, वासिङ मेसिन, डिशवाशर, माइक्रोवेभ ओभन, एयर कूलर लगायतका वस्तुहरू रहेका छन् ।

ब्राण्ड एम्बेसडर नियुक्त गर्ने निर्णयको बारेमा टिप्पणी गर्दै गोदरेज एप्लायन्सेसका बिजनेस हेड एवं कार्यकारी उपाध्यक्ष कमल नन्दीले ब्राण्ड रिकललाई बलियो बनाउन चाहेको बताए । ‘बढ्दो मागसँगै हामीले हाम्रो ब्राण्ड रिकललाई पनि बलियो बनाउन चाहन्छौं,’ उनले भने, ‘हाम्रो मूल्यांकनले हामीलाई आयुष्मान खुरानामा पुर्‍यायो जसले ब्राण्ड भ्यालु बढाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।’

गोदरेज एप्लायन्सेसका एसोसिएट जीएम एवं निर्यात प्रमुख सलाम सोनामणी सिंहले पछिल्लो समय माग बढेको भन्दै खुशी व्यक्त गरे ।

गोदरेज एप्लायन्सेस नेपालमा सीजी समूहसँग विगत १ दशक भन्दा बढी समयदेखि आबद्ध छ । एउटै भिजन लिएर सहकार्य गर्दै  दुवै संस्थाले आगामी २ वर्षमा सय प्रतिशत व्यापार वृद्धि गर्ने लक्ष्य लिएको दाबी गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)