ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१६ वर्षीय बालकको मोबाईल गेम खेल्ने लतले उडायो आधा करोड बढी रकम 

२०७९ जेठ, २२  
विविध र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जेठ २२, काठमाडौं। यदि तपाईको घरका बालबालिकालाई पनि मोबाइल गेम खेल्ने लत लागेको छ भने यो खबरले तपाईलाई अचम्ममा पार्न सक्छ ।

छिमेकी देश भारतमा १६ वर्षीय बालकले मोबाइलमा गेम खेल्ने मामिलामा आमाको खाताबाट पूरै ३६ लाख भारतीय रुपया (नेपाली ५७ लाख रुपैयाँ) उडाएका छन् । भारतमा पीयूबीजी गेमको समयमा पनि यस्तै धेरै घटनाहरु बाहिर आएका थिए।

पछिल्लो घटना हैदराबादको हो। साइबर अपराध शाखाका अनुसार बालकले आफ्नो हजुरबुवाको स्मार्टफोनमा फ्री फायर गेम डाउनलोड गरेका थिए । बिस्तारै उनलाई खेलको लत लाग्न थाल्यो । सुरुमा १५ सय रुपैयाँ खर्च गरेपछि आमाको बैंक खाताबाट १० हजार रुपैयाँ खेलमा खर्च गर्न थाले ।  बालक यत्तिमै रोकिएनन्,  पछि गएर खेलमा करोडौं लगानी गर्न थाले । यो कुरा परिवारमा कसैलाई पनि थाहा थिएन ।  यो खवर थाहा पाएर सबै छक्क परेका छन् । 

खेलको क्रेज यतिसम्म भयो  एकै पटक डेढदेखि २ लाख भारतीय रुपयासम्म तिर्न थाले । बालककी आमाले बैंकमा गएर आफ्नो खाता चेक गर्दा यो कुरा बाहिर आएको हो । महिलाले आफ्नो खातामा २७ लाख रुपया रहेको र अहिले त्यो खाली भएको थाहा पाएकी थिइन् ।

त्यसपछि दोस्रो खाता जाँच गर्दा त्यसबाट पनि ९ लाख रुपया खर्च भएको थियो । यसबारे महिलाले प्रहरीमा उजुरी गरिन् । अनुसन्धान गर्दा सबै पैसा खेलमा खर्च भएको पाइएको थियो । कक्षा ११ मा अध्ययनरत यी विद्यार्थीका बुबाको मृत्यु भइसकेको छ । यी दुवै खातामा लाखौं रुपया श्रीमानको मृत्युमा क्षतिपूर्तिस्वरूप प्राप्त भएको बालककी आमाले बताएकी छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)