ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जापानमा ६ लाख येनमा बिक्यो एउटै खरबुजा 

२०७९ असार, १  
र यो पनि अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

असार १, काठमाडौं। गर्मीयाममा चाहे केटाकेटी हुन् या बुढाबुढी खरबुजा मन नपराउने सायदै कोही होलान् ।

गर्मी भगाउने एक टुक्रा मात्रै भएपनि रसिलो खरबुजा खान कसलाई मन नपर्ला ? के तपाईलाई विश्वकै सबैभन्दा महँगो र दूर्लभ खरबुजाबारे थाहा छ  ?

जापानको देनसुके प्रजातिको खरबुजा विश्वको सबैभन्दा महँगो खरबुजा हो । यो जापानको उत्तरी प्रिफेक्चर होक्काइदोमा मात्रै पाइन्छ । गाढा हरियो रंगको यो खरबुजा वर्षेनी केही सय ओटा मात्रै फल्छ । यसलाई संसारकै सबैभन्दा महँगो खरबुजा मानिन्छ । तर यी खरबुजा हामीले सामान्य खरबुजा जस्तो गरी किन्न भने सक्दैनौं ।

अन्य लिलामी जस्तै यो खरबुजाको पनि लिलाम विक्री गरिन्छ । एउटै खरबुजाको विक्री हजार येनदेखि शुरु हुन्छ, अनि लाखौं येनसम्म पुग्छ । यस वर्ष होक्काइदोमा एउटा देनसुके खरबुजा ६ लाख येन* (४ हजार ५०० अमेरिकी डलर) मा विक्री भएको छ । सिजनको पहिलो लिलामीमा सोमवार ११३ ओटा देनसुके खुरबुजा विक्री भएका थिए ।

तीमध्ये एउटा खरबुजाले ६ लाख येन मूल्य पाएको छ । दानसुके होक्काइदो प्रिफेक्चरको तोमा नगरमा पाइने विशेष खालको खरबुजा हो । तोमामा अगष्टको मध्यसम्म दानसुके टिप्ने काम गरिन्छ । मध्य जुलाईमा यसको विक्री धेरै हुने गरेको किसानहरुले बताएका छन् । यसलाई विशेषगरी गर्मीयाममा उपहारको रुपमा कसैलाई दिन बढी प्रयोग गर्ने गरिएको छ ।

उच्च गुलियोपनलगायत निश्चित मापदण्ड भएका खरबुजा मात्रै किसानले बेच्छन् । यो खुरबुजा निकै गुलियो हुन्छ भने बिया पनि निकै कम हुन्छ । यसले गर्दा अन्य खरबुजाभन्दा यो फरक र दूर्लभ बनेको हो । देनसुके खरबुजाले पाएको यस वर्ष मूल्य अहिलेसम्मकै उच्च भने होइन ।

सन् २०१९ मा एउटै खरबुजाले ७ लाख  ५० हजार येन पाएको थियो । यो अहिलेसम्मै देनसुके खरबुजाले पाएको अहिलेसम्मकै धेरै मूल्य हो । बजार प्रवर्द्धनका लागि जापानमा हरेक वर्ष मौसमको शुरुमा खरबुजा, हलुवावेद, च्याउलगायत फलफूल र तरकारीहरु यसैगरी ठूलो मूल्यमा लिलाम विक्री गर्ने गरिन्छ ।

विशेषगरी रेष्टुरा र डिपार्टमेन्ट स्टोरहरुले आफ्नो बजार प्रवर्द्धन गर्न ठूलो मूल्य तिरेर यस्ता लिलामीमा सहभागी हुने गर्दछन् । एजेन्सीको सहयोगमा 

*१० येन = ९ दशमलव ३० रुपैयाँ

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)