असार ७, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मंगलवार निर्वाचन आयोग जाने भएका छन् । विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानार्षण गराउन उनीहरू आयोग जान लागेका हुन् ।
महामन्त्री द्वयले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर यसबारेमा ध्यानाकर्षण गराउने छन् ।
विदेशमा वा देश भित्रै रहेर पनि जिल्ला बाहिर भएका नेपालीलाई मतदानमा सहभागी गराउने माग विगत देखि नै उठ्दै आएको छ । अग्रिम मतदान, इलेक्ट्रोनिक मतदान लगायतका विकल्प दिएर घर बाहिर भएका नेपालीलाई पनि मतदानमा सहभागी गराउन सकिने निर्वाचन विज्ञहरूले बताउँदै आएका छन् ।
प्रतक्ष उपस्थित भएर मतदान गर्न नसक्ने व्यक्तिलाई मतदानमा सहभागी गराउने वैकल्पिक व्यवस्था गर्न सर्वोच्चले आदेश दिएको भएपनि सरकारले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेको छैन ।