ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिलीमा आफ्नो तलबको २८६ गुणा बढी पाएका व्यक्ति बेपत्ता 

२०७९ असार, १५  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

असार १५, सान्टियागो (चिली)। नेपालीमा एउटा भनाइ छ नि धन देखेपछि महादेवको तीन नेत्र । आफूले अरुलाई सापटी वा कर्जामा दिएको रकम फिर्ता गर्न त कति सकस हुन्छ । अझ कोही व्यक्ति वा संस्थाले झुक्किएर वा त्रुटीबस अरुलाई दिनै नपर्ने पैसा दिएको रहेछ भने त्यो पैसा फिर्ता पाउन कति पापड बेल्नु पर्छ । 

यो यस्ता समस्याका भुक्तभोगीहरुलाई मात्रै थाहा हुन्छ । तपाईलाई आफ्नो कम्पनीले झुक्किएर २२/ २३ वर्षको तलब एकै चोटी दियो भने तपाई के गर्नु हुन्छ ? फिर्ता गर्नु हुन्छ । तर सबै मानिस तपाई जस्तै कहाँ हुन्छन् र ! चिलीमा कम्पनीबाट आफूले खाइपाइ आएको तलबको २८६ गुणा तलब झुक्किएर पाएको व्यक्ति गायब भएका छन् । 

गएको मे महीनामा एक व्यक्तिलाई कम्पनीले झुक्किएर उसको वास्तविक तलबको २८६ गुणा भुक्तानी गरेको थियो । सो घटना प्रकाशमा आएपछि ती कर्मचारीले हाकिमलाई आफूले पाउनेभन्दा बढी सबै रकम फिर्ता गरिदिने वाचा गरेका थिए । तर ती कर्मचारीले राजीनामा दिए । सञ्चार माध्यमहरुका अनुसार ती व्यक्ति कनसोर्सियो इन्डष्ट्रियल डी अलिमेन्टर्समा काम  गर्थे । यो चिलिको सबैभन्दा ठूलो कोल्ड कट्स (लञ्च मिट) उत्पादक हो । 

मेमा कम्पनीले ती कर्मचारीलाई त्रुटीवस १६ करोड ५३ लाख ९८ हजार ८५१ पेसो दियो । यो ती कर्मचारीले सोही तलबमा २३ वर्ष ३ महीनाभन्दा बढी समय काम गर्दा बल्ल पाउने तलब थियो । ती कर्मचारीको वास्तविक तलब ४३ हजार पेसो थियो । समाचारमा कर्मचारीलाई त्यति ठूलो रकम कसरी गयो भन्नेबारे केही खुलाइएको छैन । कम्पनी व्यवस्थापनले आफ्नो रेकर्ड हेरेपछि त्रुटी फेला पारे ।

कर्मचारीको मासिक तलबको २८६ गुणा धेरै दिइएको महसुस भएपछि कम्पनीले कर्मचारीलाई सम्पर्क राखे । ती व्यक्तिले पनि बैंकमा गएर सबै पैसा फिर्ता दिने सहमति गरेका थिए । तर कम्पनीले झुक्किएर तलबबापत दिएको पैसा फिर्ता पाएन । ती कर्मचारीको खोजी कार्य भयो ।  न त उनी फेला परे न त कुनै सम्पर्क नै बनाए ।

पछि ती कर्मचारी आफैंले कम्पनीमा सम्पर्क राखेर चाँडैं बैंक जान्छु अनि पैसा फिर्ता दिन्छु भनेका थिए । तर जुन २ मा उनले कम्पनीलाई आफ्नो राजीनामा बुझाए । पछिल्लो समाचारहरुका अनुसार ती व्यक्ति अहिले बेपत्ता छन् । पैसा फिर्ता पाउन कम्पनीले कानूनी लडाई लड्न लागेको छ । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)