ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कति चाहिन्छ अमेरिकामा धनाढ्य बन्न ? धनीको कोटीमा पर्न आवश्यक धनसम्पत्ति शहरैपिच्छे फरक

२०७९ असार, २२  
अन्तरराष्ट्रिय र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

असार २२, वाशिङटन डीसी (अमेरिका) । तपाई विश्वको कुन स्थानमा बस्नुहुन्छ सोको आधारमा धनाढ्य कहलिन चाहिने वा तपाईको साथमा हुनुपर्ने धनसम्पत्ति फरक पर्न सक्छ । 

कुनै स्थानमा प्रशस्त घरजग्गा भएको मानिसलाई धनाढ्य मानिन्छ । कुनै स्थानमा भने ६/ ७ अंकको नियमित अम्दानी, शेयर वा पूँजीबजारमा लगानी आदिको आधारमा तपाईको धनाढ्यतारसम्पन्नता मापन गर्ने गरिन्छ ।

अमेरिकामा हुनुहुन्छ र अरुले तपाईलाई धनी सोचुन् भन्ने चाहनुहुन्छ भने तपाईको साथमा कति सम्पत्ति हुनु पर्ला ? वित्तीय सेवा प्रदायक कम्पनी चाल्र्स श्वाबले हालै गरेको मोर्डन वेल्थ सर्वेक्षणअनुसार अमेरिकाभर कम्तिमा २२ लाख डलर भएका व्यक्तिलाई अरुले धनी ठान्ने गरेका रहेछन् । गत वर्ष औसतमा १९ लाख डलर भएका व्यक्तिलाई अमेरिकीहरुले धनी मानेका थिए । 

अमेरिकाका शहरैपिच्छे धनीको कोटीमा पर्न आवश्यक धनसम्पत्ति फरक - फरक छ । जनसंख्याको आधारमा सबैभन्दा ठूलो महानगरीय क्षेत्र सन फ्रान्सिस्कोका बासिन्दाहरुले कम्तिमा ५१ लाख डलर नेटवर्थ भएकाहरुलाई धनी मानेको पाइएको छ ।

यो सबै शहरमध्ये सबैभन्दा धेरै हो । दक्षिणी क्यालिफोर्नियामा धनी बन्न ३९ लाख डलर नेटवर्थ चाहिने भएको छ । धनाढ्य  कहिलन न्यूयोर्कमा ३४ लाख डलर, वाशिङटन डीसीमा ३३ लाख डलर र सियाटलमा ३२ लाख डलर चाहिने सर्वेक्षणले देखाएको छ । 

यसको तुलनामा मध्यपश्चिम र दक्षिणी भेगका शहरमा धनी कहलिन निकै कम सम्पत्ति भएपनि हुने देखिएको छ । डल्लास, टेक्सास र ह्यूष्टनमा औसतमा २६ लाख डलर भएमा अरुलाई धनी मान्ने सहभागीहरुले बताएका छन् ।

सिकागो र डेनभरमा यो रकम यस वर्ष घटेर क्रमशः २५ लाख र २३ लाख डलरमा झरेको छ । यो अनलाइन सर्वेक्षण फेब्रुअरीको शुरुमा गरिएको थियो । यसमा हरेक महानगर क्षेत्रका २१ देखि ७५ वर्षबीचका ५०० देखि ७५० स्थानीय बासिन्दालाई समावेश गरिएको थियो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)