ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पत्त्याउनुहुन्छ ? घरमै बसीबसी चकलेट चाख्न वर्षको झन्डै करोड रुपैयाँ तलब !

२०७९ साउन, १७  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

साउन १७, काठमाडौं । चकलेट मन नपराउने सायदै कोही होला । विशेषगरी केटाकेटीहरु बिहान उठेदेखि बेलुका नसुत्दासम्म पनि चकलेट खाइरहन सक्छन् । अनवरत रुपमा चकलेट खाँदा पनि नअघाउने किशोर किशोरीहरु पनि आक्कल झुक्कल देख्न भेट्न सकिन्छ । 

तपाईलाई चकलेट कत्तिको मन पर्छ ? घरमा कुर्सीमै बसीबसी चकलेट चाख्ने काम पाउनु भयो भने तपाई गर्नु हुन्छ ? चकलेट चाखेबापत वर्षभरमा झन्डै एक करोड रुपैयाँ पाइन्छन भने तपाई के गर्नु हुन्छ ? क्यानडाको एउटा चकलेट कम्पनीले यस्तो जागिर ल्याएको छ । 

अनलाइन कन्फेक्शनरी खुद्रा विक्रेता कम्पनी क्यान्डी फनहाउसले वर्षेनी ७८ हजार डलर (झन्डै ९८ लाख ८५ हजार ७२० रुपैयाँ)तलब दिने गरी घरबाटै काम गर्न चाहने एउटा सीसीओ अर्थात् प्रमुख क्यान्डी अधिकृत खोजिरहेको छ । 

सीसीओको काम भनेको क्यान्डी बोर्ड मिटिङ गर्ने, मुख्य टेष्ट टेष्टर बन्ने अनि आफ्नो कामलाई रमाइलोको रुपमा गर्ने मात्रै हो । यो पदका लागि अहिले नै कयौं हजारले आवेदन दिइसकेका छन् । कम्पनीले जुलाईमा पदपूर्तिको विज्ञापन लिंक्डइनमा सार्वजनिक गरेको थियो । 

सो पदका लागि ओइरिएको आवेदन देखेर कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जमाल हेजाजी अचम्भित बनेका छन् । केही आवेदकहरुले तलब र जिम्मेवारी परिवारका सबै सदस्यहरुमाझ बाँड्ने भन्दै विस्तृत भिडियो समेत पठाएका छन् । ‘चकलेट खाँदाखेरिको सबैभन्दा राम्रो यादहरु सम्झनुहोस् अनि हरेक दिन जागिर खाने क्रममा यसको महसुस गर्नुहोस्,’ उनले भनेका छन् ।

सीसीओले हरेक महीना करीब ३ हजार ५०० ओटा चकलेट खानु पर्नेछ । अर्थात् सीसीओको काम भनेको एक दिनमा ११७ ओटा चकलेट खाने हुने हेजाजीले बताएका छन् । सीसीओको पदका लागि कम्पनीले सबैभन्दा कम उमेर ५ वर्ष तोकेको छ । यद्यपि, यस उमेरका व्यक्तिलाई सीसीओ बनाउने हो भने ती बालक वा बालिकाको मातापिताबाट अनुमति भने लिनु पर्नेछ । 

सीसीओको पदका लागि किशोर किशोरी वा वयस्कहरुले मात्रै नभउर बालबिालकाहरुले पनि आवेदन दिएका छन् । कयौं अभिभावकहरुले आफ्नो छोराछोरी फारम भरिरहेको भिडियो खिचेर अनलाइनमा पोष्ट समेत गरेका छन् । इन्ष्टाग्राममा क्यान्डी फनहाउसका ३ लाख ४० हजार भन्दा धेरै फलोअर छन् । टिकटकमा फलोअरको संख्या ३० लाख छ । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)