काठमाडौं (अस) । एनएमबि बैंकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दोस्रो एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले विमानस्थलको अन्तरराष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको हो । पर्यटन प्रवद्र्घनमा सहयोग पुर्याउने उद्देश्यले उक्त एटीएम सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । बैंकले विमानस्थलको आन्तरिक कक्षमा यसअघि नै एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।