साउन २६, काठमाडाैं । अरूण काबेली पावर लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. २४ करोड ९५ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने १३ दशमलव ८९ प्रतिशत कम हो ।
अघिल्लो आवमा कम्पनीले रू. २८ करोड ९७ लाख नाफा कमाएको थियो । कम्पनीको विद्युत विक्री आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा ६ दशमलव २८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा विद्युत विक्रीबापत रू. ७० करोड ६७ लाख आम्दानी गरेकाेमा गत आवमा बढेर रू. ७५ करोड १० लाख पुगेको हो ।
त्यसैगरी गत आवमा कम्पनीको अन्य स्रोतमार्फत रू. ४७ लाख ८० हजार आम्दानी भएको छ । २०७९ असार २ गते काबेली नदीमा आएको बाढीका कारण आयाेजनामा क्षति पुगेपछि १९ गतेसम्म विद्युत् उत्पादन बन्द हुँदा आम्दानी कम भएकाे कम्पनीले वित्तीय विवरणमार्फत जानकारी दिएको छ । मर्मतपछि आयोजना पूर्ण क्षमतामा सञ्चालन भइरहेको कम्पनीले जानकारी दिएको हो ।
१७ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८५ करोड पुगेको छ भने गत आवमा कम्पनीले जगेडामा रू. २५ करोड ८० लाख सञ्चित गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशलमव ४५, मूल्य आम्दानी अनुपात ३४ दशमलव १२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १३२ दशलमव ९१ रहेको छ ।
बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४३८ कायम भएको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ रुपैयाँ ९० पैसाले कम हो । यस दिन कम्पनीको ७६ हजार ८६३ कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । तर, कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हालसम्म निवेदन दिएको छैन । सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । उक्त हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गत भदौ २६ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
कम्पनीको अध्यक्षमा गुरु प्रसाद न्यौपाने छन् । त्यसैगरी, सञ्चालकहरूमा जीवनराज शाक्य, रमेशप्रसाद न्यौपाने, भेजप्रसाद तिमिलसिना र नोलकुमारी आचार्य छन् ।
यो कम्पनीको आयोजना पाँचथर र ताप्लेजुङको बीचमा छ । यस आयोजनाको विकासका लागि अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले २०११ जनवरी ७ मा सहायक कम्पनीको रूपमा अरुण काबेली पावर लिमिटेड नामको कम्पनी स्थापना गरेको हो ।
कम्पनीले दुई आवमा शेयरधनीलाई दिएको लाभांश :
चौथो त्रैमासमा कम्पनीको वित्तीय अवस्था :
प्राविधिक विश्लेषण
मैनबत्ती चित्र
१२ मे २०२२ ११ अगष्ट २०२२
७१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो टुप्पी र पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले म्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । यसो त कम्पनीको शेयर मूल्य केही दिनदेखि ओरालो लागेकोले अब विस्तारै टेवा पाएर माथि जाने देखिन्छ ।
आरएसआई
१२ मे २०२२ ११ अगष्ट २०२२
७१ दिनको कारोबार अवधिमा आरएसआई ३६ दशमलव ८३ बिन्दुमा रहेको छ । यो न्यूट्रल जोनमा रहेको छ । यस्तो अवस्थामा खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
स्ट्याण्र्ड डेभिएसन
१२ मे २०२२ ११ अगष्ट २०२२
७१ दिनको कारोबार अवधिमा स्ट्याण्र्ड डेभिएसन १४ दशमलव १८ बिन्दुमा रहेको छ । यस्तो अवस्थामा उतावचढाव सामान्य रहेको छ । यस्तो अवस्थामा लाभ कम हुन्छ भने जोखिम पनि कम हुने देखिन्छ ।
मुभिङ एभरेज
९ मे २०२२ ८ अगष्ट २०२२
हालको शेयर मूल्य ७ दिने र १४ दिने रेखाभन्दा तल रहेको छ । यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयर मूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ ।
कम्पनीको बिहीवारको शेयर मूल्य प्रतिकित्ता रू. ४३८ दशमलव १ देखि सस्तिएमा रू. ४२७ टेवा पाउने देखिन्छ भने महँगिएमा रू. ४९३ मा प्रतिरोध पाउने देखिन्छ ।
(याे तथ्यांककाे आधारमा गरेको विश्लेषण आफैमा पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नुर्व कम्पनीको समग्र आधारभूत र प्राविधिक पक्ष हेर्नु आवश्यक छ ।)