ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भदौ ६ देखि हकप्रद शेयर निष्कासन गर्न लागेकाे बरुण हाइड्रोपावरको यस्ताे छ कम्पनी विश्लेषण

२०७९ भदौ, २  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भदौ २, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले भदौ ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । प्रतिकित्ता रू. १०० अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएकाे छ ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा साउन १ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । आवेदकले भदौ २६ गतेसम्म उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ७९ लाख रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपछि पूँजी रू. ५३ करोड ५८ लाख पुग्नेछ । विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयरमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ३१ लाख ९९ हजार नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४३ प्रतिशत वृद्धि भएको हो । कम्पनीले अघिल्लो आवमा रू. २२ लाख ३० हजार नाफा कमाएको थियो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी ५७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा विद्युत विक्रीबापत रू. ५ करोड ९७ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. ९ करोड ३९ लाख पुगेको हो ।

कम्पनीको चुक्तापूँजी रू. २६ करोड ७९ लाख रहेको छ भने जगेडामा रू. ८२ लाख २४ हजार सञ्चित गरेको छ । त्यसैगरी गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १ दशमलव ३५ र प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव शून्य ७ रहेको छ । हालसम्ममा कम्पनीले जम्मा दुई आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश बाँडेको छ । कम्पनीले आव २०७३/७४ मा ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।

त्यसैगरी आव २०७६/७७ सम्मको मुनाफाबाट पनि ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गरेको हो । बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २८४ कायम भएको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ रूपैयाँ वृद्धि भएको हो । 

कम्पनीको अध्यक्षमा डा. भुषण गुरागाई छन् । त्यसैगरी कम्पनीको सञ्चालकमा डा. अभिनभ दाहाल  र रमेश अधिकारी छन् । 

कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार वित्तीय अवस्था :

प्राविधिक विश्लेषण 
मैनबत्ती चित्र 


    
१९ मे २०२२                                                                                       १८ अगष्ट २०२२
७३ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङ्ग लेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य घट्ने वा बढ्ने कुनै पनि संकेत देखाउँदैन । 
आरएसआई


१९ मे २०२२                                                                                       १८ अगष्ट २०२२
: ७३ दिनको कारोबार अवधिमा आरएसआई ४७ दशमलव १४ बिन्दुमा रहेको छ । यो न्यूट्रल जोनमा रहेको छ । यस्तो अवस्थामा खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।  
     स्ट्याण्र्ड डेभिएसन


                                                                              
१९ मे २०२२                                                                                       १८ अगष्ट २०२२
: ७३ दिनको कारोबार अवधिमा स्ट्याण्र्ड डेभिएसन ३ दशमलव ६८ बिन्दुमा रहेको छ । यस्तो अवस्थामा न्यून रहेको छ । यस्तो अवस्थामा लाभ पनि कम हुन्छ भने जोखिम पनि कम हुने देखिन्छ । 
मुभिङ एभरेज


१९ मे २०२२                                                                                       १८ अगष्ट २०२२

: हालको शेयर मूल्य ७ दिने र १४ दिने रेखाको बिचमा रहेको छ । यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयर मूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । कम्पनीको बिहीवारको शेयर मूल्य प्रतिकित्ता रू. २८४  देखि सस्तिएमा  रू. २७७ टेवा पाउने देखिन्छ भने महँगिएमा रू. ३०८ मा प्रतिरोध पाउने देखिन्छ  ।

(उपलब्ध तथ्यांककाे आधारमा गरेको विश्लेषण पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत र प्राविधिक पक्ष हेर्नु आवश्यक हुन्छ ।) 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)