आधारभूत विश्लेषण
यस कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले हालसम्मको लाभांश वितरणको इतिहासमा सबैभन्दा कम लाभांश वितरणको प्रस्ताव गरेको हो । यसअघिका वर्षहरूमा कम्पनीले अधिकतम १५ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ । कम्पनीले यस वर्ष भने ५ दशमलव २६ प्रतिशत नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रहेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक २ गते स्मार्ट दरबार, व्याङ्क्वेट, धुम्बाराही, काठमाडौंमा विहान ११ बजे ११ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २५५ दशमलव १० कायम भएको छ । पछिल्लो कारोबार दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ दशमलव ३० ले घटेको हो ।
निष्कर्ष
कम्पनीको ७० दिनको कारोबार अवधिको अन्तिम दिनमा वियरिश प्रवृत्तिको टुप्पी सहितको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयरमूल्य हालको प्रवृत्तिभन्दा रिभर्सल रहन सक्ने संकेत गर्छ । यद्यपि यसलाई आगामी कारोबार दिनको मैनबत्तीले पुष्टि गर्न जरुरी छ ।
आरएसआई न्युट्रल जोन २२ दशमलव ८४ विन्दुमा छ । यसले शेयर बिक्री चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव २१ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढा छन् भने हालको मूल्यरेखा यी दुबै मूल्यरेखा भन्दा तल छ ।
आइतवारको शेयरमूल्य रू. २५५ दशमलव १० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २७५ मा प्रतिरोध पाउने देखिन्छ । कम्पनीको यो मूल्य ७० कारोबार दिन यताकै न्यूून मूल्य रहेको छ ।
(आइतवार, ९ असोज २०७८ मा भएको शेयर कारोबारमा आधारित कम्पनी विश्लेषण )
सावधानी : हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पुर्ण होइन, लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।