आधारभूत विश्लेषण
सर्वसाधारणमा २०७७ साल माघ ९ गते नै शेयर बाँडफाँट गरेको यस कम्पनीले लाभांश भने वितरण गर्न सकेको छैन । पर्यटकीय गतिविधिको प्रयोगबाट आफ्नो आम्दानी बढाइरहेको यस कम्पनीले राम्रो प्रतिफल दिने विश्वास लगानीकर्ताको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले रू. २ करोड ५५ लाखभन्दा बढी नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म रू. २७ करोड २६ लाखभन्दा बढी नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नाफा गर्न सफल भएको हो ।
गत चौथो त्रैमाससम्म कम्पनीले सञ्चालनबाट रू. ६६ करोड ९८ लाखभन्दा बढी आम्दानी गरेको हो । जुन आम्दानी अघिल्लो वर्षको सोही अवधिसम्म रू. २२ करोड १९ लाखभन्दा बढी थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको छ । चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ३९ करोड ४४ लाखभन्दा बढी ऋणात्मक रहेको छ । प्रतिशेयर नेटवर्थ रू. ७४ दशमलव २९ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने रू. १ दशमलव ६७ रहेको छ ।
निष्कर्ष
कम्पनीको ७० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा उक्त कम्पनीको शेयर कारोबारमा वियरहरू भारी भएको संकेत गर्छ भने आगामी दिनमा कम्पनीको शेयरमूल्य थप घट्न सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४० दशमलव ४९ विन्दुमा छ ।
यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव ११ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढा छन् भने हालको मूल्यरेखा २६ दिने औसत मूल्यरेखासँग काटिएको छ ।
सावधानी : हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पुर्ण होइन, लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।