काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २१ ओटा वाणिज्य बैंकहरू मध्ये चार ओटा बैंक बाहेक सबै बैंकको शेयर मूल्य २०० देखि ३०० रुपैयाँको वरिपरी रहेको छ । १२ बैंकको शेयर मूल्य त ३०० रुपैयाँभन्दा तल छ । सस्तो मूल्यमा वाणिज्य बैंकहरूको शेयर पाएता पनि लगानीकर्ताहरूको आकर्षण भने कम देखिन्छ ।
नीतिगत हस्तक्षेपका कारणले गर्दा लगानीकर्ताहरू वाणिज्य बैंकहरूमा लगानी गर्न आकर्षित नभएको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् ।
नेपालमा सूचिकृत वाणिज्य बैंकहरूको प्रति शेयर आम्दानी, लाभांश क्षमता, नाफा लगायतका वित्तिय अवस्था राम्रो भएता पनि लगानीकर्ताहरू नीतिगत हस्तक्षेपका कारण वाणिज्य बैंकहरूमा लगानी गर्न आकर्षित नभएको ढकालको दाबी छ ।
ढकालका अनुसार नेपाली शेयर बजारमा अहिले विशेष गरेर तीन किसिमका लगानीकर्ता छन् । पहिलो आईपिओमा मात्र लगानी गर्ने लगानिकर्ता, दोस्रो छोटो समयमा शेयर किनबेच गर्ने ट्रेडर्स र तेस्रो संस्थागत लगानीकर्ता । आईपिओमा मात्र लगानी गर्ने लगानीकर्ताहरूसँग पूँजी कम भएकाले दोस्रो बजारमा लगानी नगरेको देखिन्छ ।
यस्तै वाणिज्य बैंकहरूको ठूलो पूँजी भएका कारण शेयर मूल्यमा ठूलो उतारचढाब नहुने भएकाले ट्रेडरहरू पनि वाणिज्य बैंकमा आकर्षित नभएको ढकाल बताउँछन् । ‘शेयर कर्जामा १२ करोडको सीमा र भारित औषतका कारण संस्थागत लगानिकर्ताहरूलाई पनि कर्जा लिएर पूँजी बजारमा लगानी गर्न बन्देज छ’ ढकाल भन्छन्, ‘त्यसैले अहिले नीतिगत हस्तक्षेपका कारण संस्थागत लगानिकर्ताहरूले पनि ठूलो मात्रमा वाणिज्य बैंकहरूमा लगानि नगरेको देखिन्छ । ‘
कुन वाणिज्य बैंकको शेयर मूल्य कती ?
नेपालमा हाल २२ ओटा वाणिज्य बैंकहरू संचालनमा छन् । जसमध्ये २१ बैंकहरू नेप्सेमा सूचीकृत छन् । वाणिज्य बैंकहरू मध्ये अहिले कारोबारमा रहेको सबै भन्दा कम शेयर मूल्य भएको बैंक सनराइज बैंक हो । जसको शेयर मूल्य २०० रुपैयाँ मात्रै छ।
वाणिज्य बैंकहरूमा चार ओटा बैंकको शेयर मूल्य मात्रै अहिले ४०० रुपैयाँ भन्दा बढी छ । सबै भन्दा बढी शेयर मूल्य एनआईशी एशिया बैंकको ८४५ रुपैयाँ रहेको छ । एनआईशी पछि नबिल बैंकको शेयर मूल्य ७०४ रुपैयाँ, एभरेष्ट बैंकको ५१८ रुपैयाँ र स्टयाण्डर्ड चार्टर्ड बैंकको ४६० रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको २०७९/८० को दोस्रो त्रैमासको रिपोर्ट अनुसार ११ ओटा वाणिज्य बैंकहरूको नाफा बढेको छ । यस्तै आठओटाको नाफा घटेको छ । नाफा घटेका अधिकांश बैंकको शेयर मूल्य ३०० रुपैयाँकै वरिपरी रहेको देखिन्छ ।
नं | बैंक | शेयर मूल्य |
१ | कुमारी बैंक लिमिटेड | १९० |
२ | सनराइज बैंक लिमिटेड | २०० |
३ | लक्ष्मी बैंक लिमिटेड | २०२ |
४ | सिटिजन्स बैंक लिमिटेड | २०५ |
५ | ग्लोबल आइएमई बैंक | २१० |
६ | प्रभु बैंक लिमिटेड | २११ |
७ | प्राईम कमर्सियल बैंक लिमिटेड | २२६ |
८ | सिभिल बैंक लिमिटेड | २३३ |
९ | एनएमबि बैंक | २४२ |
१० | माछापुछ्रे बैंक लिमिटेड | २४७ |
११ | नेपाल ईन्भेस्टमेन्ट बैंक | २५१ |
१२ | सानिमा बैंक लिमिटेड | २५६ |
१३ | नेपाल बैंक लिमिटेड | २८२ |
१४ | सिद्धार्थ बैंक लिमिटेड | ३०३ |
१५ | हिमालयन बैंक लिमिटेड | ३०६ |
१६ | कृषी विकास बैंक लिमिटेड | ३२४ |
१७ | नेपाल एसबीआई बैंक लिमिटेड | ३२६ |
१८ | स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड | ४६० |
१९ | एभरेष्ट बैंक लिमिटेड | ५१८ |
२० | नबिल बैंक लिमिटेड | ७०४ |
२१ | एनआईशी एशिया बैंक लिमिटेड | ८४५ |
तर, पुस १४ गतेपछि कारोबार रोक्का रहेको कुमारी बैंकको शेयर मूल्य भने १९० रुपैयाँ मात्रै छ । कुमारी र एनसीसी बैंक मर्ज हुनेभएपछि यसको कारोबार रोक्का राखिएको छ ।
ग्लोबल आइएमई बैंकको शेयर मूल्य २१० रुपैयाँ छ । बैंक अफ काठमाण्डूसँग मर्जरमा गएपछि गत पुस २४ पछि यसको कारोबार पनि रोक्का गरिएको छ ।
त्यस्तै नेपाल इन्भेष्टेमेन्ट बैंकको शेयर मूल्य २५१ रुपैयाँ छ । मेगा बैंकसँग मर्जरमा गएपछि बैंकको शेयर कारोबार पुस २६ गतेपछि रोक्का राखिएको छ ।
यस्तै बजारमा ३०० रूपैया भन्दा कम शेयर मूल्य भएका अन्य बैंकहरूमा लक्ष्मी बैंकको शेयर मूल्य २०२ रुपैयाँ, सिटिजन्स बैंकको २०५ रुपैयाँ, प्रभु बैंकको २११ रुपैयाँ, प्राइम बैंकको २२६ रुपैयाँ, सिभिल बैंकको २३३ रुपैयाँ, एनएमबि बैंकको २४२ रुपैयाँ, माछापुछ्रे बैंकको २४७ रुपैयाँ, सानिमा बैंकको २५६ रुपैयाँ र नेपाल बैंकको २८२ रुपैयाँ रहेको छ ।
३०० रुपैयाँकै वरिपरी मूल्य भएका बैंकहरूमा नेपाल एसबीआई बैंक ३२६ रुपैयाँ, कृषी विकास बैंक ३२४ रुपैयाँ, हिमालयन बैंक ३०६ रुपैयाँ र सिद्धार्थ बैंकको ३०३ रुपैयाँ रहेको छ ।
४ बैंकको शेयर मूल्य मात्रै ४०० भन्दा माथि
यस्तै वाणिज्य बैंकहरूमा चार ओटा बैंकको शेयर मूल्य मात्रै अहिले ४०० रुपैयाँ भन्दा बढी छ ।
सबै भन्दा बढी शेयर मूल्य एनआईशी एशिया बैंकको ८४५ रुपैयाँ रहेको छ ।
एनआईशी पछि नबिल बैंकको शेयर मूल्य ७०४ रुपैयाँ, एभरेष्ट बैंकको ५१८ रुपैयाँ र स्टयाण्डर्ड चार्टर्ड बैंकको ४६० रुपैयाँ रहेको छ ।
नाफा घटेका अधिकांश बैंकको शेयर मूल्य पनि ३०० कै वरिपरी
वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको २०७९/८० को दोस्रो त्रैमासको रिपोर्ट अनुसार ११ ओटा वाणिज्य बैंकहरूको नाफा बढेको छ । यस्तै आठओटाको नाफा घटेको छ । नाफा घटेका अधिकांश बैंकको शेयर मूल्य ३०० रुपैयाँकै वरिपरी रहेको देखिन्छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक मर्जर भई बनेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र एनसीसीसँग मर्जर गरेको कुमारीले वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ ।
वित्तीय विवरण प्रकाशित गरेका मध्ये सबै भन्दा बढी नाफा एभरेष्ट बैंकको ८९.२९ प्रतिशतले बढेको छ । यस्तै स्टयाण्डर्ड चार्टर्ड बैंकको नाफा ६१.३६ प्रतिशतले, नेपाल एसबीआईको ५०.३९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४१.२८ प्रतिशत, एनआईसी एशिया बैंकको ३६.२७ प्रतिशत, लक्ष्मी बैंकको ३१.७७ प्रतिशत, हिमालयन बैंकको २८.४० प्रतिशत, सिभिल बैंकको २६.३९ प्रतिशत, सानिमा बैंकको १९.३४ प्रतिशत, नबिल बैंकको १४.२१ प्रतिशत, एनएमबि बैंकको ११.०८ प्रतिशत र माछापुच्छ्रे बैकको १.४३ प्रतिशतले नाफा बढेको छ ।
आठओटा वाणिज्य बैंकहरूको नाफा भने घटेको छ । सबै भन्दा बढी नाफा कृषि विकास बैंकको १०९.०६ प्रतिशतले घटेको छ । यस्तै प्रभु बैंकको नाफा ७५.३७ प्रतिशत, सिटिजन्स बैंकको ३२.११ प्रतिशत, सिद्धार्थ बैंकको २६.३८ प्रतिशत, नेपाल बैंकको १७.३९ प्रतिशत, सनराइज बैंकको १२.२८ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.३७ प्रतिशत र प्राइम बैंकको १.५८ प्रतिशतले घटेको छ ।
सबै बैंकको नाफा/घाटा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा गरिएको हो ।