काठमाडौं । भारतीय अर्बपति व्यापारी गौतम अदानी धनाड्यहरूको शीर्ष १५ को सूचीबाट पनि बाहिरिएका छन् । फोर्ब्सका अनुसार अदानी अहिले अर्बपतिहरुको सूचीमा १७ औँ स्थानमा झरेका छन् ।
विश्वकै तेस्रो धनी व्यक्तिको सूचीबाट एकाएक १७ औं स्थानमा झर्दा उनले मात्रै सम्पत्ती गुमाएनन् । उनका कम्पनीमा लगानी गरेका लाखौ भारतीय लगानीकर्ताको सम्पत्ती पनि त्यसैगरि घटेको छ ।
अदानी समूहका कम्पनीहरूले एक हप्ताको अन्तरालमा नै लगभग १०० अर्ब अमेरिकी डलरको शेयर मूल्य गुमाएका छन् । उक्त कम्पनीहरूमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताको सम्पत्ति पनि आधा भन्दा बढीले घटेको छ ।
गत माघ ११ (जनवरी २५) मा न्युयोर्कस्थित इन्भेष्टमेन्ट रिसर्च फर्म हिन्डेनबर्गको रिपोर्ट सार्वजनिक भएयता नै अदानी समूहका कम्पनीहरुको शेयर मूल्य ओरालो लागिरहेका छन् । एउटै व्यक्तीको स्वामित्वमा रहेको कम्पनीमा लगानी गर्दा हुन सक्ने जोखिम बारे उक्त घटनाले उजागर गरेको छ । नेपालमा पनि धेरैजसो कम्पनीहरूमा सिमित व्यवसायिक घरानाका व्यक्तिहरूको रजगज भएको पाइन्छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत अधिकांस कम्पनीहरूमा पनि सिमित व्यवसायिक घरानाकाको नै रजगज रहेको छ । एउटै व्यवसायिक घरानाको व्यक्ति बैंक, बीमा, होटलदेखि जलविद्युत कम्पनीसम्ममा प्रमोटर भएको पाइन्छ । एउटै समूहको लगानी भएका ६ ओटासम्म कम्पनी नेप्सेमा सूचीकृत भएका छन् । कतिपय कम्पनी सूचीकृत हुने तयारीमा पनि छन् ।
अदानी घटनाले नेपालमा पनि एउटा प्रश्न जन्माएको छ । नेपाली व्यवसायिक घरानाको कुनै व्यक्तिको अहिले गौतम अदानीको जस्तै अवस्था भएको खण्डमा नेपाली लगानीकर्ताको अवस्था के होला ? त्यस्तो अवस्था सृजना भएमा शेयर बजार मात्र नभएर समग्र अर्थतन्त्र नै धरासाही त हुँदैन ? अहिले शेयर बजारका लगानीकर्ताबाट यस्तै जिज्ञासा सुन्न पाइन्छ ।
एनआईसी एशिया क्यापिटलका प्रमुख कार्याकारी अधिकृत (सिईओ) रमेन्द्र रायामाझी नेपालमा सूचीकृत कम्पनीहरूमा नियामकले नजर राख्नुका साथै लगानी गर्नमा पनि लिमिट राख्दिएका कारण नेपाली शेयर बजारमा कुनै व्यवसायी डुब्दा बजार नै धरासायी हुने सम्भावना न्यून रहेको बताउँछन् ।
नेपाली शेयर बजार भारतको शेयर बजार भन्दा फरक र सानो भएकाले कोही डुब्दैमा आफ्नो लगानी नै डुब्ने भन्ने जोखिम म देख्दिन । यस्तै लगानीकर्ताहरूले व्यक्तिमा होईन कम्पनीमा लगानी गर्ने हो, उनले भने ।
रायामाझी भन्छन्, ‘तर लगानी गर्नु अघि लगानीकर्ता सजग हुन उत्तिकै आवश्यक छ । त्यसैले लगानी गर्नु अघि लगानीकर्ताहरूले कम्पनीको संचालक, व्यवस्थापन लगायतको बारेमा अध्ययन गर्न उत्तिकै आवश्यक छ ।’
शेयर बजारका विश्लेषक केशव कोईराला नेपाली शेयर बजारमा कुनै व्यवसायी डुब्दैमा समग्र बजार नै धरासायी हुने अवस्था नभएको बताउँछन् । भारतमा शेयर बजारमा प्रत्यक्ष लगानी गर्ने कम्पनी भएको तर नेपालमा शेयर बजारमा प्रत्यक्ष लगानी गर्ने नेप्सेमा सूचीकृत कम्पनी नभएकाले कुनै व्यवसायी डुब्दैमा बजारलाई फरक नपर्ने कोईरालाको तर्क छ । एउटा व्यपारीको असफलताले बजार नै धरासायी हुने अवस्था नेपाली बजारमा आजसम्म छैन, उनले भने ।
शेयर बजारका विश्लेषक मुक्ती अर्याल नेपालमा एउटै व्यवसायिक घरानाको विभिन्न सेक्टरका कम्पनीहरूमा लगानी भएता पनि नेपालको शेयर बजार र भारतको शेयर बजार टोटल्ली फरक भएको बताउँछन् ।
‘भारतीय शेयर बजारमा लगानीकर्ताहरूलाई ‘शर्ट सेल’ (उधारोमा शेयर किनेर बेच्ने) लगायतका सुविधा पनि छन् । तर नेपालमा आफूसँग शेयर नभइ बेच्न मिल्ने सुविधा छैन । त्यसैले नेपालमा कोही व्यवसायी डुब्दैमा लगानीकर्ताहरूको अवस्था अडानी समूहका कम्पनीका लगानीकर्ताको जस्तो नहुन सक्छ ।’ अर्याल भन्छन्, ‘तर एउटै व्यक्तीको विभिन्न कम्पनीमा लगानी रहेको विषयमा भने लगानीकर्ता, बैंकरका साथै नियामक पनि सचेत नभएको देखिन्छ । त्यसैले उक्त विषयमा सबैजना सचेत हुनुका साथै नियामकले पनि नियमन गर्न आवश्यक छ ।’
हेर्नुहोस केही ठूला व्यापारिक घरनाको लगानी भएका लिस्टेड कम्पनीहरू