नेपालमा टाइटन घडीले दुई ओटा नयाँ स्टोरहरू सञ्चालनमा ल्याएको छ । टाइटन घडीले सन् २०२३ मा दरबारमार्ग र जावलाखेलमा गरी थप दुई ओटा स्टोर खोलेको हो । यससँगै नेपालमा धरानमा अहिले टाइटन घडीका स्टोरको संख्या तीन पुगेको छ ।
नेपालमा टाइटन घडीको नयाँ स्टोरको उद्घाटनमा सहभागी टाइटन घडीका बिजनेस हेड जोसेफ प्रिन्स नेपाली बजारमा घडीको ठूलो सम्भावना रहेको बताउँछन् । आर्थिक अभियानका अनन्त्य सुन्दरले जोसेफ प्रिन्ससँग टाइटन घडीका साथै नेपालमा घडीको बजारलगायत विषयमा गरेकाे संवाद ।
नेपालमा अहिले टाइटनका कस्ता घडीहरू पाइन्छन् ?
नेपालमा अहिले सञ्चालनमा रहेका स्टोरमा टाइटनका हजारभन्दा बढी घडीहरू पाइन्छन् । नेपाली स्टोरहरूमा अहिले ३५ सय रुपैयाँदेखि ५५ हजार रुपैयाँसम्मको टाइटनका घडीहरू उपलब्ध छन् । यस्तै ग्राहकहरूको अर्डरबमोजिम ‘नेबुला’ सिरिजको १८ क्यारेट सुन भएको एक लाखदेखि नाैं लाख रुपैयाँसम्मका घडी उपलब्ध गराउन सकिन्छ ।
नेपालमा टाइटन घडीको बजार कस्तो छ ?
नेपालमा ग्राहकहरूलाई टाइटनले दुई सताब्दियता विभिन्न सिरिजका घडी उपलब्ध गराउँदै आएको छ । नेपाली ग्राहकहरूले टाइटेनको घडी रूचाएको कारण नै अहिले हामी थप दुई ओटा स्टोरहरू सञ्चालनमा ल्याउन सफल भएका छौं । यस्तै निकट भविष्यमा नेपालको अन्य ठाउँहरूमा पनि स्टोर विस्तार गर्ने योजना छ ।
टाइटनका स्टोरहरूमा घडीबाहेक अन्य के प्रडक्ट पाइन्छन् ?
नेपालमा सञ्चालनमा टाइटनका स्टोरहरूमा घडीका साथै पर्फ्युम, बेल्ट, चस्मा आदि पाइन्छ । यस्तै टाइटनका स्टोरहरूमा टाइटन ब्राण्डका साथै सोनाटा, फास्ट ट्रयाक, एक्सवाईएलवाईएस लगायत ब्राण्डका घडीहरू पनि उपलब्ध छन् ।
ग्राहकहरूले टाइटन घडी रूचाउनुको कारण के हो जस्तो लाग्छ ?
ग्राहकहरूले टाइटन घडी रूचाउनुको प्रमुख कारण नै घडीको गुणस्तर हो । त्यसबाहेक टाइटन घडीहरूमा ग्राहकहरूलाई विविध छनोट पनि छन् । यस्तै टाइटन घडी डिजाइनका साथै स्टोरहरूले घडी किन्नुअघि र घडी किनिसकेपछि पनि दिने सेवाको कारणले पनि ग्राहकहरूले घडी रूचाएको पाइन्छ ।
टाइटनले वार्षिक कति घडी उत्पादन गर्दै आएको छ ?
टाइटनले वार्षिक एक करोड ५० लाख घडी उत्पादन गर्दै आएको छ । विश्वभरमा टाइटेन पाँचौं ठूलो घडी उत्पादकमा पर्छ । हरेक तीन सेकेन्डमा टाइटनको घडी उत्पादन हुँदै गर्दा ३२ देशमा रहेको ११ हजार ओटा स्टोरहरूबाट हरेक तीन सेकेन्डमा टाइटेनको एउटा घडी विक्री हुन्छ ।
अहिले साधरण घडीलाई स्मार्ट घडीले प्रतिस्थापन गरिरहेको छ । यसलाई कसरी हेर्नु भएको छ ?
विश्वभर नै अहिले स्मार्ट घडी लगाउनेहरूको संख्या बढी रहेको छ । त्यसैले अहिले टाइटनले पनि स्मार्ट घडीको उत्पादन शुरू गरेको छ । तर, साधारण घडी रूचाउने ग्राहकहरूको संख्या पनि ठूलो नै छ । टाइटनले भारत बाहिरको मुलुक नेपालमा पहिलोपटक स्मार्ट घडी पनि लञ्च गरिसकेको छ ।
नेपाल सरकारले टाइटन घडीको बजार विस्तारमा कसरी सहयोग गर्न सक्छ ?
अहिले हामीले नेपालमा घडी ल्याउँदा महँगो भन्सार तिर्दै आएका छौं । त्यसैले भन्सारमा केही प्रतिशत छूट हुँदा बजार विस्तारमा सहयोग हुन्थ्यो । त्यस विषयमा हामी छलफल पनि गरिरहेका छौ ।
यस्तै साफ्टा अन्तर्गतको सम्झौतामा घडीलाई दिने छूटबारे क्लियर नहुँदा हामी सहुलियतबाट वञ्चित भएका छौं ।