ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुम्लाको तातोपानीमा औद्योगिक ग्राम स्थापना हुने

२०७९ फागुन, ९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ मा औद्योगिक ग्राम स्थापना हुने भएको छ । युवालाई रोजगार तथा आत्मनिर्भर बनाउने ध्येयले तातोपानी–४ मा औद्योगिक ग्राम बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै स्थानीय तहमै रोजगारी सृजना, जीविकोपार्जन र गरीबी निवारण गर्न औद्योगिक ग्रामले सहयोग पुग्ने उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९ भदौ १० गते औद्योगिक ग्राम स्थापनाका लागि सार्वजनिक सूचना जारी गरेको थियो । मन्त्रालयको जारी सूचनाको आधारमा आवश्यक सबै प्रक्रिया पूरा गरी गाउँ कार्यपालिकाबाट वडा नंं ४ लाई छनोट गरी पालिकाले औद्योगिक ग्राम स्थापनाका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको वडाध्यक्ष अमर रोकायाले जानकारी दिए ।

‘सो वडाको रातेखोलामा रहेको करीब १५ हजार ८८२ वर्गमिटर क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि मन्त्रिपरिषद्को यही फागुन ४ को निर्णयबाट स्वीकृत भई पारित समेत भएको छ,’ उनले भने ।

औद्योगिक ग्रामबाट स्थानीय स्रोत, कच्चापदार्थ, शीप र साधनको परिचालन गरी यहाँका स्थानीयवासीको रोजगारी सृजनामा टेवा पुग्ने वडाध्यक्ष रोकायाले बताए । संघीय सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । छरिएर रहेको स्थानीय स्रोतसाधन तथा प्रविधि परिचालन गरी स्थानीयस्तरमै रोजगारी सञ्चालन गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्राम घोषणा गर्दै आएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)