ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँमा सौर्य ऊर्जाको विद्युत् सेवा

२०७९ फागुन, २२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको ग्रामीण पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ । उज्यालो पोखरी गाउँ घोषणा कार्यक्रमअन्तर्गत जडित सौर्य ऊर्जा प्रणालीको कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्घाटन गरे ।

सौर्य ऊर्जामार्फत अब गाउँमा सहज रूपमा बिजुली उपलब्ध हुने उनले बताए । आगामी दिनमा प्रत्येकको घरमा विद्युतीय चूलोबाट खाना पकाउन आवश्यक स्रोतसाधनको व्यवस्थापन गरिने विश्वास उनले दिलाए । स्थानीय सरकारको समन्वय र आफ्नो पहलमा ५० किलोवाट क्षमताको सौर्य ऊर्जा सञ्चालनमा आएको उनले बताए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र तिला गाउँपालिकाको सहयोगमा सौर्य ऊर्जा सेवा विस्तार गरिएको हो । बिजुलीले गाउँ झिलीमिली भएपछि स्थानीयवासी उत्साहित छन् । केन्द्रको रू. तीन करोड एक लाख ८८ हजार र पालिकाको रू. ३० लाख साझेदारीमा सौर्य ऊर्जा प्रणाली जडान गरिएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी उज्यालोका लागि सल्लाको दियालोमा निर्भर थिए । अब बिजुली आएपछि दिनचर्या धेरै सहज हुने पोखरी सौर्य ऊर्जा उपभोक्ता समितिका सचिव गोविन्द रोकायाले बताए ।

१२० घरमा बिजुली बालिएको केन्द्रले बताएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन् । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टीभी र वाइफाइ चलाउनसमेत सजिलो भएको पोखरी गाउँका स्थानीयवासी बताउँछन् । उत्पादन भएको बिजुलीबाट गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेशिन पनि सञ्चालनमा ल्याउन सकिने बताइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)