ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ स्टक र ब्रोकर आउँदा लगानीकर्तालाई के फाइदा ? विज्ञ भन्छन्- घटेको बजारमा पनि अवसरै अवसर

२०८० बैशाख, २०  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अनन्त्य सुन्दर

काठमाडौ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाएको छ ।  बजारका जानकार तथा विज्ञहरू नयाँ एक्सचेन्ज र ब्रोकरहरू सञ्चालनमा आउँदा बजार विकास र विस्तार हुने दाबी गर्छन् ।

नयाँ एक्सचेन्ज सञ्चालनमा आउँदा बजारमा ईटीएफ, डेरिभेटिभ, इन्डेक्स, सर्ट सेलिङ लगायतका नयाँ औजारकाहरू सञ्चालनमा ल्याउन बाटो खुल्ने भएकाले बजारको विकास र विस्तारमा मद्दत पुग्ने जानकारहरूको भनाइ छ ।

नयाँ औजारबाट कस्ता सेवा लिन सकिन्छ ?
नयाँ स्टक सञ्चालनमा आउँदा दिन सक्ने एउटा नयाँ सेवा एक्सचेन्ज ट्रेडेड फन्ड (ETF) पनि हो । यो धितोपत्रहरू जस्तै एक्सचेन्जमा नियमित किनबेच गर्न सकिन्छ । ईटीएफको मद्धतले लगानीकर्ताहरुले पोर्टफोलियो व्यवस्थापनका साथै जोखिम व्यवस्थापन गर्न सक्छन् ।

सर्ट सेलिङ (Short Selling) भनेको आफूसँग खातामा नभएको शेयर पनि सजिलैसँग कारोबार गर्न सक्ने सुविधा हो । उदाहरणको लागि लगानीकर्ताले बैंकबाट ऋण लिए झै शेयरको ऋण लिएर कारोबार गर्न सक्छन् । यसको मद्धतले घट्दो बजारमा पनि लगानीकर्ताले लगानीको अवसर पाउँछन् ।

‘इन्डेक्स’ (Index) भने विशेष गरेर कम्पनीहरुको बजार पूँजीकरणको आधारमा बनाइन्छ । यसको मद्धतले लगानीकर्ताहरूले सजिलैसँग बजारको अवस्था बुझ्न सक्छन् ।

डेरिभेटिभ (Derivative) भनेको भविष्यमा वस्तु लेनदेन गर्ने वित्तीय औजार हो । यसको मद्धतले लगानीकर्ताहरुले जोखिम व्यवस्थापा गर्न सक्छन् । 

यस्ता औजारहरू सञ्चालनमा आउँदा लगानीकर्ताहरूलाई बढ्दो बजारमा मात्र नभएर घट्दो बजारमा पनि लगानीको अवसरहरू सृजना हुने उनीहरूको दाबी रहेको छ ।

सेवाको गुणस्तरमा वृद्धि
यस्तै बोर्डले तीन तहको ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएसँगै ब्रोकरले दिदैं आएको सेवाको गुणस्तर वृद्धी हुनुका साथै बजार सबै खाले लगानीकर्ताहरूको पहुँचमा पुग्ने जानकारहरू बताउँछन् । बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी गरी तीन किसिमको ब्रोकरको लाइसेन्सको लागि आवेदन खुला गरेको छ ।

बोर्डले सोमवार ब्रोकर लाइसेन्सको लागि निवेदन दिएको ४६ कम्पनी मध्ये १६ ओटा कम्पनीलाई आशयपत्र प्रदान गर्ने निर्णय गरिसकेको छ । बोर्डका अनुसार आवेदन परेकोमा बाँकी कम्पनीहरूलाई लाइसेन्स दिने प्रक्रिया पनि जारी रहनेछ । यस्तै बोर्डले स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सको निवेदन मूल्यांकन गर्न समिति बनाएर आवश्यक प्रक्रियाहरू अघि बढाइ सकेको छ । 

के भन्छन् विज्ञहरू ? 
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निवर्तमान प्रमुख कार्याकारी अधिकृत (CEO) चन्द्र सिंह साउद लाइसेन्स खुल्ने बित्तिकै वा कम्पनीले आशयपत्र (LOI) पाउने बित्तिकै बजार बढ्छ भन्ने गलत बुझाई लगानीकर्ताहरूमा भएको बताउँछन् । 

‘नयाँ कम्पनी आउने बित्तीकै बजार बढ्ने भन्दा पनि बजारमा सकारत्मक माहोल भने अवश्य सृजना हुन्छ । उदाहरणका लागि नयाँ एक्सचेन्जले बजारमा ईटीएफ, डेरिभेटिभ, सर्ट सेलिङ, इन्डेक्स लगायतका नयाँ औजारकाहरू सञ्चालनमा ल्याउनुका साथै नयाँ प्रविधि ल्याएमा बजारको विकास र विस्तारमा थप मद्धत पुग्छ ।’ उनले भने, जसका कारण लगानीकर्ताले बढ्दो बजारमा मात्र नभएर घट्दो बजारमा पनि बजारबाट नाफा कमाउने माहोल सृजना हुने भएकाले बजारमा लगानीको सकारत्मक माहोल सृजना हुन्छ ।’   

‘धेरै पूँजी भएका ब्रोकर कम्पनीहरू पनि सञ्चालनमा आउने भएकाले लगानीकर्ताहरूले ब्रोकरहरूबाट पाउँदै आएको सेवामा सुधार हुने अपेक्षा भने गर्न सकिन्छ’ साउद भन्छन्, ‘तर नयाँ एक्सचेन्ज र नयाँ ब्रोकरकै कारणले बजार बढ्छ नै भनेर भन्न सकिन्न । बजारको उत्तरचढाबमा नयाँ कम्पनीको भन्दा पनि समग्र मुलुकको आर्थिक गतिविधिको प्रभाव बढी हुन्छ ।’ 

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल नयाँ कम्पनीहरू आउँदा बजार विकास र विस्तार हुनुका साथै सर्वसाधारण लगानीकर्ताहरूको पहुँचमा बजार पुग्ने बताउँछिन । नयाँ कम्पनी आउँदैमा बजार बढिहाल्छ भन्ने हुँदैन, तर नयाँ कम्पनीहरू सञ्चालनमा आउँदा बजारमा सुधार आउनुका साथै बजार परिपक्क हुँदै जान्छ, उनले भनिन । 

#Nepse #Stoke #Broker #ETF #ShortSell #Derivative #Index #AbhiyanDaily

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)