ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकमा ६ अर्ब निक्षेप थपियो, कर्जा प्रवाह स्थिर : अझै २ खर्ब ५८ अर्ब कर्जा विस्तार गर्नसक्ने

२०८० बैशाख, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

काठमाडौं  । बैंकिङ प्रणालीमा एकै दिन ६ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख १८ गते सोमवार बैंक, वित्तीय संस्थासँग कुल ५४ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख १९ गते मंगलबार बढेर ५४ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । 

विप्रेषण आप्रवाह र पर्यटक आयमा देखिएको वृद्धिसँगै पछिल्लो समय बैंक, वित्तीय संस्थामा Deposit निरन्तर वृद्धि भइरहेको छ । बैंकहरूसँग चैत २१ गते ५४ खर्ब ३० अर्ब र वैशाख ६ गते ५४ खर्ब ४८ अर्ब निक्षेप थियो । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाहमा भने सुधार देखिएको छैन । 

राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले पनि Deposits र loans को वृद्धिदरमा असन्तुलन औंल्याएको छ । चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप २ खर्ब ८० अर्ब ५७ करोड (५ दशमलव ५ प्रतिशत) वृद्धि हुँदा कर्जा प्रवाह १ खर्ब २८ अर्ब १८ करोड (२ दशमलव ८ प्रतिशत) ले मात्र बढेको छ । अर्थात चालू आवमा Bank हरूको निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह आधाले कम छ ।

राष्ट्र बैंकका अनुसार मंगलवारसम्ममा बैंक, वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४८ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । बैंक कर्जाको उच्च ब्याजदर र बजारमा आर्थिक गतिविधि कम हुँदा कर्जाको माग सुस्ताएको हो । चालू आवको फागुनमा बैंकहरूको औसत आधारदर १० दशमलव ६४ प्रतिशत पुग्दा कर्जाको औसत ब्याजदर १३ दशमलव शून्य ३ प्रतिशत पुगेको छ । 

बैंकहरूमा निक्षेपको तुलनामा कर्जा प्रवाह नहुँदा Liquidity रकम बढ्दै गएको छ । मंगलवार बैंक, वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (CD ratio) ८५ दशमलव २४ प्रतिशतमा झरेको छ । अघिल्लो दिन सीडी रेसियो ८५ दशमलव ३२ प्रतिशत थियो । 

राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न सक्छन् । मंगलवारको तथ्यांकअनुसार बैंकहरूसँग अझै २ खर्ब ५८ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्नसक्ने क्षमता देखिएको छ । उच्च ब्याजदरले नयाँ कर्जा प्रवाह सुस्ताएका बेला बजारको अवस्था सहज नभएको भन्दै बैंकहरूले पनि कर्जा प्रवाहमा कडाइ नै गरेका छन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बैंकहरूसँग साढे २ खर्ब हाराहारी कर्जा दिने क्षमता भए पनि लगानी नभएको बताउँछन् । ‘अहिले बैंकहरू तरलताको सहज अवस्थामा देखिएका छन्,’ उनले भने, ‘ब्याजदर बढी भएकाले नयाँ कर्जा नगएको हुन सक्छ ।’ तरलताको अवस्था सहज भएपछि बैंक, वित्तीय संस्थाले वैशाखदेखि निक्षेपको ब्याजदरसमेत घटाइसकेका छन् । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ दशमलव ९९ प्रतिशतमा झारेका छन् । 

तरलताको अवस्था सहज भएपछि बैंकहरूबीच कारोबार हुने अन्तरबैंक ब्याजदर पनि ७ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी ट्रेजरी बिल्सको ब्याजदर पनि घट्दै गएको छ । 

मंगलवार २८ दिनको Treasuryमा ८ दशमलव ५३ प्रतिशत, ९१ दिनमा ९ दशमलव ७२ प्रतिशत, १८२ दिनमा ९ दशमलव ६३ र ३६४ दिनमा ९ दशमलव ३४ प्रतिशत ब्याजदर कायम भएको छ । 

अघिल्लो साता २८ दिनमा ८ दशमलव ५४ प्रतिशत, ९१ दिनमा ९ दशमलव ६१ प्रतिशत, १८२ दिनमा ९ दशमलव ६२ र ३६४ दिनकोमा ९ दशमलव ५५ प्रतिशत ब्याजदर कायम भएको थियो । चैतमा निक्षेपको ब्याजदर सामान्य रुपमा कम गरेका बैंकहरुले कर्जाको प्रिमियमदर समेत घटाएका थिए । राष्ट्र बैंकको निर्देशनअनुसार चैतपछि निक्षेप र कर्जाको ब्याज अन्तर (spread rate) घटाएकाले विस्तारै कर्जाको ब्याजदर पनि घट्ने र विस्तारै कर्जाको माग बढ्ने बैंकर बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)