काठमाडौं । नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपाले कर्मचारी माग गरेको छ ।
शिक्षालयले होटल मेनेजमेन्ट प्रशिक्षक पदका लागि २ जना, कम्प्युटर प्रशिक्षक पदका लागि २ जना, इलेक्ट्रिकल सहायक प्रशिक्षक पदका लागि १ जना र हलुका सवारी चालक पदका लागि १ जना गरि जम्मा ६ जना कर्मचारी माग गरेको छ ।
शिक्षालयले मंगलवार करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै परिषद् सेवा करारमा व्यक्ति छनोट गरिने जानकारी दिएको हो । तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १० दिन (२०८०/०२/०४ गते बिहीवार) कार्यालय समयभित्र तोकिएको विवरण सहित शिक्षालयमा दरखास्त पेश गर्नुहुन आवहान गरिएको छ ।
हेर्नुहोस् सुचना