ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना सर्वसम्मत नजिक

२०८० बैशाख, २९  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर  । सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीको छाता संस्था उद्योग संगठन मोरङको ५०औं साधारणसभाको उद्घाटन आज (शुक्रवार) हुँदै छ । उद्घाटन सत्रपछि भोलि (वैशाख ३० गते)को बन्दसत्रले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै छ ।

वर्तमान अध्यक्ष सुयश प्याकुरेलले दोस्रोपटक आफू अध्यक्ष नहुने घोषणा गरेपछि आगामी कार्यसमितिको अध्यक्षमा तीन जनाको दाबेदारी सतहमा देखिएको थियो । राकेश सुराना, नन्दकिशोर राठी र प्रदीप मुरारकाको नाम बाहिर आएको थियो । तर नन्दकिशोर राठीले राकेश सुरानालाई अध्यक्षका लागि ‘ग्रीन सिग्नल’ दिएपछि राठीलाई वरिष्ठ उपाध्यक्षमा सहमति गराएर सुरानाले नयाँ टिमको घोषणा गरे ।

अहिलेको कार्यसमितिकै अधिकांशलाई एक/एक पदमाथि दिनेगरी सुरानाले युवाहरू सम्मिलित टिमको कार्यसमितिको खाका बनाएका छन् । तर अर्का अध्यक्षका दाबेदार प्रदीप मुरारका भने दुई अध्यक्षका दाबेदार मिलेपछि निर्वाचनमा जाने कि नजाने भन्ने दोधारमा देखिएका छन् ।

उनले आफ्नो टिमको छुट्ट नाम समेत सार्वजनिक गरेका छैनन्, जसकारण वरिष्ठ उपाध्यक्षबाटै उनको बहिर्गमनको सम्भावना रहेको स्रोतहरूले बताएका छन् ।  

मुरारका भने पछिल्लो समय आफ्ना व्यावसायिक साझेदारसँगको लेनदेनको विषय सतहमा आएपछि त्यसलाई मिलाउन लागिपरेकाले संगठनको निर्वाचनमा चासो दिएर लागेका छैनन् । वरिष्ठ उपाध्यक्षको हैसियतले स्वतः अध्यक्ष हुनुपर्ने दाबी गर्दै आएका मुरारकाले यसअघि परम्परा नतोडिनेमा आफू ढुक्क रहेको बताउँदै आएका थिए । मुरारकाले अध्यक्षको दाबी छाडेमा अब १६औं अध्यक्षमा राकेश सुराना सर्वसम्मत हुने सम्भावना बढेको छ । वैशाख ३० गते हुने बन्दसत्रले नयाँ नेतृत्वको चयन गर्नेछ ।

२३५ उद्योगी सदस्य रहेको संगठनमा यसअघि अध्यक्ष पदमा निर्वाचन भएको छैन । पहिलोपटक अध्यक्षमा तीनजनाको उम्मेदवारी घोषणा भए पनि अन्तिम अवस्थामा सर्वसम्मतिको सम्भावना रहेको संगठन स्रोतले बताएको छ । २०२४ सालमा स्थापना भएको उद्योग संगठनको यो ५०औं साधारणसभा हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)