ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगार बीमा ११ महीनामा करीब ३ अर्ब बीमाशुल्क संकलन

२०८० असार, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अनन्त्य सुन्दर

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) २०७९/८० को ११ महीनामा वैदेशिक रोजगार बीमाबाट करीब ३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार दशओटा जीवन बीमकहरूले वैदेशिक रोजगार बीमालेखबाट चालू आवको ११ महीनामा २ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले अनिवार्य रूपमा बीमा गर्नुपर्ने व्यवस्था छ । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै वैदेशिक रोजगार बीमाबाट संकलन हुने बीमाशुल्क बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महीनामा मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ६ लाख ६० हजार १५५ पुगेको छ ।

चालू आर्थिक वर्षको ११ महीनामा वैदेशिक रोजगारी बीमाबाट सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले जेठ मसान्तसम्ममा १ अर्ब २ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । यस्तै, दोस्रो स्थानमा नेपाल लाइफले वैदेशिक रोजगार बीमाबाट ४१ करोड ६४ लाख रुपैयाँ र तेस्रो स्थानमा आइएमई लाइफले ३९ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल सरकारले वैदेशिक रोजगारमा जान वैदेशिक रोजगार बीमा अनिवार्य भएकाले यस बीमाबाट जीवन बीमा कम्पनीले उल्लेख्य बीमाशुल्क संकलन गर्दै आएको बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)