ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्टयाण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स : प्यानेल डिस्कशनका सहभागीका धारणा

२०८० असार, २८  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

राधिका अर्याल

प्रवक्ता तथा सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

सरकारले ‘डिजिटल नेपाल’ अभियान नै सञ्चालन गरेकाले यो विषय सरकारको प्राथमिकतामै रहेको छ । मोबाइल डिभाइसबाट फोन र सोसल मिडिया चलाउन मात्रै हो भने यसलाई डिजिटल साक्षरता मानिँदैन । ‘महिलाले काम गर्ने शैलीमा फरक आइसकेकाले व्यवसायलाई सघाउने गरी साक्षरता बढाउनुपर्छ । डिजिटलाइजेशन प्रयोग गर्न सके कामको बोझ कम हुन्छ र समय पनि बचत हुन्छ ।

रूमी सिंह

सह–संस्थापक, रम्सन नेपाल

काठमाडौंलगायत प्रमुख शहरहरूमा महिला उद्यमी सक्रिय छन् । उनीहरूका लागि पछिल्ला दशकमा विकसित प्रविधि, इन्टरनेट, डिजिटल प्लेटफर्मको उपयोग सहज हुन सक्छ । तर, ग्रामीण अर्थतन्त्रमै सघाएका र त्यहीँ पाउने कच्चा पदार्थको उपयोग गरेर आफूलाई उद्यमीका रूपमा स्थापित गर्ने महिलाका लागि भने यो अवस्था हुँदैन ।

माइकल सिद्धी

प्यानेल डिस्कशनका सहजकर्ता

ट्रान्जेक्शन बैंकिङ हेड, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.

डिजिटल युगमा प्रतिस्पर्धात्मक रहन र आफ्नो अस्तित्व जोगाउन पनि उद्यमीले डिजिटल रूपान्तरणलाई अपनाउनुपर्छ । अन्यथा उनीहरूलाई व्यावसायिक रूपमा अघि बढ्न चुनौतीपूर्ण हुन्छ । उदीयमान डिजिटल परिवेशले परम्परागत व्यावसायिक मोडललाई पनि परिवर्तन गराइरहेको छ । यसले अवसरका साथै जोखिम पनि ल्याउनेछ । सरकारले पनि देशभित्र आईसीटीको उन्नतिलाई जोड दिएको छ । तर, यसका आकांक्षा साकार बनाउनेतर्फ अझै पनि धेरै काम हुन सकेका छैनन् । यसमा सुधारका लागि पर्याप्त ठाउँ भएको महसूस भइरहेको छ । 

डिजिटल रूपान्तरणले डिजिटल विभेद ल्याउन सक्ने सम्भावना हुन्छ । यो पुन: लैंगिक विभेदमा समेत परिणत हुन सक्छ । डिजिटल साक्षरताले महिला उद्यमीलाई परम्परागत अवरोध नाघ्न र सम्भावित डिजिटल विभेद कम गर्न वा निर्मूल पार्न सक्षम बनाउँछ । सबै उद्यमीसम्म डिजिटलाइजेशनको लाभ पुर्‍याउनुपर्छ । प्रविधिले कसरी काम गर्छ भन्दा पनि यसलाई आफ्नो हितका लागि कसरी चलाउन सकिन्छ भनेर उनीहरूले बुझ्न जरुरी छ । तर, यसका लागि पनि न्यूनतम साक्षरता भने चाहिन्छ ।

सीमा गोल्छा

निर्देशक, गोल्छा ग्रूप

महिलाले एक्लै बसेरभन्दा सामूहिक रूपमा इन्टरनेटबाट शीप सिकेर त्यसलाई व्यवसायको आकार दिन सक्ने अवसर रहेको छ । इन्टरनेटको सहायताबाट उद्यम व्यवसाय सिक्ने अवस्थालाई अवसरको रूपमा लिनुपर्छ । डिजिटलाइजेशनले समान रूपमा अवसरहरू सृजना गर्छ । उत्पादनदेखि बजारीकरणसम्मका लागि डिजिटल प्लेटफर्मले सहज बनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)